Posts

Showing posts from June, 2014

हड्डी मजबुत बनाउने खानेकुराहरु

क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । क्याल्सियमले हड्डी तथा दाँतलाई मजबुत बनाउँछ भने भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा सघाउ पूराउँछ ।
हड्डीको रोग ओस्टीयोपोरोसिसको मुख्य कारण भिटामिन डी को कमी नै हो । त्यसैले हड्डीलाई स्वस्थ र मजबुत बनाउन हाम्रो खानामा भिटामीन डी र क्याल्सियम प्रसस्त पाइने खानाहरु अनिवार्य रुपमा समावेश हुनुपर्छ । हड्डी मजबुत बनाउन खानैपर्ने केही खानेकुरा यी हुन् :

दुध - दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, मही तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।केरा- हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले सरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र सरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।हरियो सागपात - हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्स…

पानी पिउनुका फाइदै फाइदा

पानी जिवनको आधार हो । पानी विना कुनैपनि जिवको अस्तित्व सम्भव छैन । हाम्रो सरीरको अधिकांस हिस्सा पानीले नै ओगटेको हुन्छ । एक वयस्क पुरुषको सरीरको कुल तौलको झण्डै ६५ प्रतिशत हिस्सा पानी भने महिलाको सरीरको तौलको ५२ प्रतिशत ।

दुब्लो पातलो मानिसको सरीरमा मोटो मानिसमा भन्दा पानीको मात्रा बढि हुन्छ । यसको मुख्य कारण के हो भने बोसोको तुलनामा मांशपेशीमा पानी संचय गर्ने क्षमता बढि हुन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने मोटोपनाबाट ग्रसित मानिसको सरीरमा पानीको हाहाकार हुने हुनाले विभिन्न खाले रक्तविकार तथा अन्य रोगको जोखिम बढ्छ ।

दिनभर स्वास प्रस्वासमा झण्डै २-३ कप पानी खर्च हुन्छ । पसिना तथा पिसाबको रुपमा निस्कने पानीले सरीरमा रहेका हानिकारक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । सरीरमा १० प्रतिशत तरल पदार्थ कम हुने हो भने पनि डिहाइड्रेसनको खतरा उत्पन्न हुन्छ । त्यसैले मृगौलाको स्वास्थ्यका लागि समेत पानी पिइरहनु पर्दछ ।

सरीरमा पानी कम हुनाले टाउको दुख्ने, मांशपेशीमा कमजोरी उत्पन्न हुने, थकान, स्मरण शक्तिमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् ।

पर्याप्त पानी पिउनाले सरीरको छाला चम्किलो हुने, अनुहार …