Posts

Showing posts from August, 2017

Advantages and Disadvantages of Basil (तुलसी)

तुलसीका फाइदाहरु Ø   हावामा अक्सिजनको मात्रा बढाउँछ ,   हावामा भएको केही ब्याक्टेरिया नष्ट गर्छ । Ø   तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ । Ø   कफ , सर्दी , ज्वरो , झाडापखाला , बान्ता लागेको अवस्थामा तुलसीको सेवनले फाइदा गर्छ । तुलसीले कुनै साइड इफेक्ट नगर्ने भएकाले पनि बच्चाहरूका लागि निकै उपयोगी । Ø   तुलसीको पत्ता उमालेर बनाएको पानी पिउनाले घाँटीलाई निकै फाइदा । Ø   दैनिक रूपमा खाली पेटमा तुलसीको रसको पानी मिसाएर पिउनाले मानिसको सम्झने क्षमतामा बृद्धि हुन्छ, पाचनप्रणालीलाई समेत निकै फाइदा । Ø   तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५ — १० मिलिलिटर) मा मह मिसाएर दिनको 2-3 पटक सेवन गर्दा सर्दी , खोकी रुघा निमोनिया , दम आदिमा प्रभावकारी । Ø   बच्चाको पेट साधारण दुख्दा , अजीर्ण , अरुची हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा । Ø   मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १ — ३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा फाइदा । Ø   विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइद