Posts

Showing posts from 2018

कति छ तपाईंमा आत्मविश्वास ?

जीवन संघर्ष हो । संघर्षको अवस्थाले नै हामीभित्र लुकेको आत्मविश्वासलाई जगाउँछ । केहीले यसलाई पहिचान गरी बाधा-व्यवधानलाई पार गरी अगाडि बढ्छन् भने केही मानिस त्यही अलमलमा फस्छन् । अगाडि त बढ्ने तर कसरी । कठिन समयमा आत्मविश्वासलाई पहिचान गर्ने व्यक्तिले नै सही अर्थमा जीवन जिउँछ । समाजमा त्यस्ता थुप्रै व्यक्ति छन् जोसँग योग्यता एवं कार्यकौशल त छ तर उनीहरू असफल छन् । यस्ता व्यक्ति मनबाट मजबूत भएर पनि कठिन परिस्थितिमा कमजोर हुन पुग्छन् । त्यही जीवनमा विषम परिस्थितिहरूबाट पार लाग्ने उत्साहले नै व्यक्तिलाई उसको लक्ष्यसम्म उभ्याउँछ । तपाई आफ्नो खुबीहरूबाट राम्ररी परिचित हुनुहुन्छ र आत्मविश्वासका साथ अघि बढ्ने पनि सोच्नुहुन्छ र कठिन समयमा त्यो विश्वासका साथ कसरी अगाडि बढ्ने भन्ने पनि सोच्नुहुन्छ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढ्न भने सक्नुहुन्न भने तपाईंले आफ्नो कन्पिmडेन्स लेवल जाँच गर्नु आवश्यक छ । केकस्ता कुराले निर्धारण गर्छ त कन्पिmडेन्स लेभल ? हेरौँ, संकोच  तपाईं आफ्नो काममा निपुण हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्नो सहकर्मीहरूसँग कुराकानी गर्न संकोच मान्नुहुन्छ । कसैस

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने २५ तरिका

Image
अक्सर हामी चाहन्छौं , लामो आयु बाँच्न पाइयोस् । हुन त जन्मपछि मृत्यु निश्चित छ । के भनिन्छ भने , जन्मदै हामीले मृत्यु पनि लिएर आएका हुन्छौं । अतः कति अवधी बाँच्ने भन्ने कुरा पनि जन्मदै तय हुन्छ । तर , विभिन्न कारणले हामी पूर्ण आयु बाँच्न पाइरहेका छैनौं । जति अवधी बाँचेका छौं , त्यो पनि रोग र शोकमा बाचिरहेका छौं । गौतम बुद्धको भनाईको सार छ , ‘ जीवनभर निरोगी रहनु आफैमा उपहार हो । रोगी भएर बाँच्नु निकै दुखदायी कुरा हो । त्यस्तो जीवन मरेतुल्य हुन्छ । ’ सकेसम्म हामी लामो आयु नै बाँच्न खोज्छौं । र , बाँचुञ्जेल निरोगी रहन चाहन्छौं । तर , कसरी निरोगी जीवन बाँच्ने ? कसरी लामो आयु बाँच्ने ? यसमा धेरै हदसम्म हामी आफै जिम्मेवार छौं । हामीले स्वस्थ्य , सन्तुलित र अनुशासित दिनचर्या अपनाएर लामो आयु पाउन सक्छौं । जीवनभर निरोगी रहन सक्छौं । १. चिया पिउन थाल्नुहोस् चियामा पोलिफेनियोस नामको एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईलाई मुटु रोग , क्यान्सर र चाँडै नै बुढ्यौली लाग्ने समस्याबाट लड्न मद्धत गर्छ । एक इजरायली अध्ययनका अनुसार चिया नपिउने मानिसहरु भन्दा चिया पिउने मानिसहरु बढि बाँच्छन्

बच्चाको IQ Level बढाउने यस्ता छन्, सरल उपाय

Image
हरेक आमाबाबुको चाहना हुन्छ, उनीहरुको बच्चा बुद्धिमान होस् । र, हरेक क्षेत्रमा सफल होस् । यसको लागि प्रत्येक आमाबाबुले बच्चालाई राम्रो स्कुलमा पढाउनुका साथै उनीहरुको खानपानमा विशेष ध्यान दिने गर्छन् । उनीलाई सोच्ने गर्छन्, बच्चाहरुको आईक्यू लेभल जति राम्रो हुन्छ, उनीहरु जीवनमा पनि त्यति नै धेरै सफल हुने गर्छन् । तर नचाहँदा नचाहँदै पनि कतिपय बालबालिका सोचे अनुरुप बुद्धिमान हुँदैनन् । कतिपय कुरा उनीहरुको जीन्समा भरपर्छ भने कतिपय उनीहरु कस्तो परिवेशमा बस्छन्, त्यसमा पनि निर्भर गर्छ । कतिपय अध्ययनले कतिसम्म भनेका छन् भने केही कुरामा ध्यान दिएर पनि बच्चाहरुको आईक्यू बाउन सकिन्छ । जुन यस प्रकार छ : सानैदेखि प्रयास गर्ने  मानिसको मस्तिकको झण्डै ९० प्रतिशत भाग जन्मेदेखि चार वर्षको उमेर नपुग्दासम्मै विकास हुने गर्छ । जबकी बाँकीको दश प्रतिशत भागमात्र चार वर्ष पछाडी विकास हुने गर्छ । त्यसैले बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने सुरु देखि नै प्रयास गर्नुपर्छ । यसको लागि बच्चाले बोल्न नजाने पनि उनीहरुसित धेरै भन्दा धेरै कुरा गर्नु पर्छ । कुरा गर्दा जहिले पनि उनीहरुको आखामा हेर्ने र

The use of Electroencephalograph in recording the brain waves

Image
Electroencephalograph (EEG) is a tool used for gauging and recording brain waves. In 1929, Hans Berger, the German psychiatrist, published the results of his experiments using the electroecenphalograph in recording human brain waves. Four major brain waves exist: alpha has a frequency that ranges from 8 to 14 cycles per second (cps) and is found in the occipital part of the brain. Beta covers 14 to 30 cps. Delta wave includes frequencies that are below 5 cps. Theta wave covers the range between 5 and 8 cps. Alpha waves are more active during relaxation and light sleep. Nonetheless, their function is altered by deep mental activities. Beta waves, on the other hand, appear during mental concentration periods. In 1935, the findings of collaborators Frederic Gibbs, William Lennox, and Hallowelle Davis from Harvard on the use of EEG in epilepsy was published. Since EEG poses no pain or side effects, it is broadly included as a medium for identifying brain irregularities. The

How to change yourself entirely ? (कसरी आफुलाई पूर्ण रुपमा बदल्ने ?)

सधै एकनास ढंगले बिताउदा जीवन पट्यारलाग्दो हुन्छ । एउटै शैली , एउटै ढंग , एउटै सोंचले जीवनमा खास नयाँपन दिदैन । यस किसिमको जीवनशैली दिक्कलाग्दो हुन्छ । नयाँ विचारहरु फुर्दैन । नयाँ जोश , जाँगर आउँदैन । कुनै काम गर्ने तौर-तरिका मिल्दैन । कुनैपनि कामबाट सफलता मिलिरहेको हुँदैन । यस्तो अवस्थामा आफ्नो शैली , ढंग एवं आफैलाई थोरै बदल्नुपर्छ । यसरी आफुलाई बदल्न सकेमा जीवनमा नयाँपन अनुभूत गर्न सकिन्छ । कतिपय काममा सफलता हात लाग्छ । कसरी बदल्ने त आफुलाई ? सोंच बदलौं आफुलाई बदल्नका लागि भौतिक कुरामा मात्र परिवर्तन गरेर हुँदैन । पहिलो कुरा त सोंच बदल्नुपर्छ । मानसिकता बदल्नुपर्छ । केही नयाँ गर्ने सोंच राखौं । आफ्नो काम , ढंग , शैली बदल्नका लागि मानसिक रुपमा आफुलाई बदलौं । काम गर्ने शैली बदलौं आफुले जुन ढंगले काम गरिरहेका छौं , त्यसलाई बदलौं । अर्थात आफुले गरिरहेकै कामलाई नयाँ ढंगले गर्ने अभ्यास गरौं । नयाँ ढंगले गर्दा त्यो सहज र प्रभावकारी पनि हुनसक्छ । र , आफुलाई रमाइलो पनि लाग्छ । कामको प्रकृति बदलौं हामी सधै एउटै काममा लाग्छौं । त्यो काम एउटै तरिकाले गर्छौं । यस्तो काममा सिर्ज

रगतमा ट्राइग्लिसराइड उच्च हुनेलाई हृदयाघातको खतरा

Image
रगत जाँचका क्रममा धेरैको रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च देखाउने गर्छ । ट्राइग्लिसराइड उच्च हुँदा हामी तर्सने पनि गर्छौँ । हामीमध्ये कतिपयलाई भने ट्राइग्लिसराइडका विषयमा थाहा नहुनसक्छ । जब कि ट्राइग्लिसराइड रगतमा पाइने एक किसिमको बोसो (चिल्लो पदार्थ) हो । अर्थात् रगतमा बोसो देखिनु हो । यो समस्या सामान्य भए पनि धेरैलाई यसबारे जानकारी नहुन सक्छ ।  रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च भएमा टाइप-२ मधुमेहबाट ग्रसित तथा राम्रो कोलेस्ट्रोलको मात्रा कम हुने व्यक्तिमा मुटु सम्बन्धी समस्याका साथै हृदयाघात तथा स्ट्रोकको जोखिम बढी हुने गर्छ ।  यद्यपि रगतमा देखिने बोसोलाई कम गर्न धेरै उपाय अपनाउन जरुरी छ तर त्यसका लागि सर्वप्रथम हाई ट्राइग्लिसराइडबारे विस्तृतमा बुझ्नु आवश्यक छ । के हो त हाई ट्राइग्लिसराइड ? चिकित्सकहरूका अनुसार जब हामी खाना खान्छाँ , तब हाम्रो शरीरले क्यालोरीलाई इनर्जीमा बदल्छ । ट्राइग्लिसराइड सही अवस्थामा रहेमा शरीरमा यसको खासै जरुरत पर्दैन । ट्राइग्लिसराइड शरीरको वोसो तथा कोषिकामा संगृहीत भएर बसेको हुन्छ । खाना खान शरीरका लागि ऊर्जाको आवश्यकता पर्छ । उक्