Posts

कति छ तपाईंमा आत्मविश्वास ?

जीवन संघर्ष हो । संघर्षको अवस्थाले नै हामीभित्र लुकेको आत्मविश्वासलाई जगाउँछ । केहीले यसलाई पहिचान गरी बाधा-व्यवधानलाई पार गरी अगाडि बढ्छन् भने केही मानिस त्यही अलमलमा फस्छन् । अगाडि त बढ्ने तर कसरी । कठिन समयमा आत्मविश्वासलाई पहिचान गर्ने व्यक्तिले नै सही अर्थमा जीवन जिउँछ । समाजमा त्यस्ता थुप्रै व्यक्ति छन् जोसँग योग्यता एवं कार्यकौशल त छ तर उनीहरू असफल छन् । यस्ता व्यक्ति मनबाट मजबूत भएर पनि कठिन परिस्थितिमा कमजोर हुन पुग्छन् । त्यही जीवनमा विषम परिस्थितिहरूबाट पार लाग्ने उत्साहले नै व्यक्तिलाई उसको लक्ष्यसम्म उभ्याउँछ । तपाई आफ्नो खुबीहरूबाट राम्ररी परिचित हुनुहुन्छ र आत्मविश्वासका साथ अघि बढ्ने पनि सोच्नुहुन्छ र कठिन समयमा त्यो विश्वासका साथ कसरी अगाडि बढ्ने भन्ने पनि सोच्नुहुन्छ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढ्न भने सक्नुहुन्न भने तपाईंले आफ्नो कन्पिmडेन्स लेवल जाँच गर्नु आवश्यक छ । केकस्ता कुराले निर्धारण गर्छ त कन्पिmडेन्स लेभल ? हेरौँ, संकोच  तपाईं आफ्नो काममा निपुण हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्नो सहकर्मीहरूसँग कुराकानी गर्न संकोच मान्नुहुन्छ । कसैस

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने २५ तरिका

Image
अक्सर हामी चाहन्छौं , लामो आयु बाँच्न पाइयोस् । हुन त जन्मपछि मृत्यु निश्चित छ । के भनिन्छ भने , जन्मदै हामीले मृत्यु पनि लिएर आएका हुन्छौं । अतः कति अवधी बाँच्ने भन्ने कुरा पनि जन्मदै तय हुन्छ । तर , विभिन्न कारणले हामी पूर्ण आयु बाँच्न पाइरहेका छैनौं । जति अवधी बाँचेका छौं , त्यो पनि रोग र शोकमा बाचिरहेका छौं । गौतम बुद्धको भनाईको सार छ , ‘ जीवनभर निरोगी रहनु आफैमा उपहार हो । रोगी भएर बाँच्नु निकै दुखदायी कुरा हो । त्यस्तो जीवन मरेतुल्य हुन्छ । ’ सकेसम्म हामी लामो आयु नै बाँच्न खोज्छौं । र , बाँचुञ्जेल निरोगी रहन चाहन्छौं । तर , कसरी निरोगी जीवन बाँच्ने ? कसरी लामो आयु बाँच्ने ? यसमा धेरै हदसम्म हामी आफै जिम्मेवार छौं । हामीले स्वस्थ्य , सन्तुलित र अनुशासित दिनचर्या अपनाएर लामो आयु पाउन सक्छौं । जीवनभर निरोगी रहन सक्छौं । १. चिया पिउन थाल्नुहोस् चियामा पोलिफेनियोस नामको एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईलाई मुटु रोग , क्यान्सर र चाँडै नै बुढ्यौली लाग्ने समस्याबाट लड्न मद्धत गर्छ । एक इजरायली अध्ययनका अनुसार चिया नपिउने मानिसहरु भन्दा चिया पिउने मानिसहरु बढि बाँच्छन्

बच्चाको IQ Level बढाउने यस्ता छन्, सरल उपाय

Image
हरेक आमाबाबुको चाहना हुन्छ, उनीहरुको बच्चा बुद्धिमान होस् । र, हरेक क्षेत्रमा सफल होस् । यसको लागि प्रत्येक आमाबाबुले बच्चालाई राम्रो स्कुलमा पढाउनुका साथै उनीहरुको खानपानमा विशेष ध्यान दिने गर्छन् । उनीलाई सोच्ने गर्छन्, बच्चाहरुको आईक्यू लेभल जति राम्रो हुन्छ, उनीहरु जीवनमा पनि त्यति नै धेरै सफल हुने गर्छन् । तर नचाहँदा नचाहँदै पनि कतिपय बालबालिका सोचे अनुरुप बुद्धिमान हुँदैनन् । कतिपय कुरा उनीहरुको जीन्समा भरपर्छ भने कतिपय उनीहरु कस्तो परिवेशमा बस्छन्, त्यसमा पनि निर्भर गर्छ । कतिपय अध्ययनले कतिसम्म भनेका छन् भने केही कुरामा ध्यान दिएर पनि बच्चाहरुको आईक्यू बाउन सकिन्छ । जुन यस प्रकार छ : सानैदेखि प्रयास गर्ने  मानिसको मस्तिकको झण्डै ९० प्रतिशत भाग जन्मेदेखि चार वर्षको उमेर नपुग्दासम्मै विकास हुने गर्छ । जबकी बाँकीको दश प्रतिशत भागमात्र चार वर्ष पछाडी विकास हुने गर्छ । त्यसैले बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने सुरु देखि नै प्रयास गर्नुपर्छ । यसको लागि बच्चाले बोल्न नजाने पनि उनीहरुसित धेरै भन्दा धेरै कुरा गर्नु पर्छ । कुरा गर्दा जहिले पनि उनीहरुको आखामा हेर्ने र