लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने २५ तरिका



अक्सर हामी चाहन्छौं, लामो आयु बाँच्न पाइयोस् । हुन त जन्मपछि मृत्यु निश्चित छ । के भनिन्छ भने, जन्मदै हामीले मृत्यु पनि लिएर आएका हुन्छौं । अतः कति अवधी बाँच्ने भन्ने कुरा पनि जन्मदै तय हुन्छ ।
तर, विभिन्न कारणले हामी पूर्ण आयु बाँच्न पाइरहेका छैनौं । जति अवधी बाँचेका छौं, त्यो पनि रोग र शोकमा बाचिरहेका छौं । गौतम बुद्धको भनाईको सार छ, ‘जीवनभर निरोगी रहनु आफैमा उपहार हो । रोगी भएर बाँच्नु निकै दुखदायी कुरा हो । त्यस्तो जीवन मरेतुल्य हुन्छ ।
सकेसम्म हामी लामो आयु नै बाँच्न खोज्छौं । र, बाँचुञ्जेल निरोगी रहन चाहन्छौं । तर, कसरी निरोगी जीवन बाँच्ने ? कसरी लामो आयु बाँच्ने ?
यसमा धेरै हदसम्म हामी आफै जिम्मेवार छौं । हामीले स्वस्थ्य, सन्तुलित र अनुशासित दिनचर्या अपनाएर लामो आयु पाउन सक्छौं । जीवनभर निरोगी रहन सक्छौं ।
१. चिया पिउन थाल्नुहोस्
चियामा पोलिफेनियोस नामको एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईलाई मुटु रोग, क्यान्सर र चाँडै नै बुढ्यौली लाग्ने समस्याबाट लड्न मद्धत गर्छ । एक इजरायली अध्ययनका अनुसार चिया नपिउने मानिसहरु भन्दा चिया पिउने मानिसहरु बढि बाँच्छन् ।
२. प्रत्येक विहान एक खुट्टामा उभिनुहोस्
यो अनौठो लाग्न सक्छ तर विहान पालैपालो एक खुट्टामा एकै छिन उभिनाले तपाईको शरीरलाई सन्तुलनमा राख्ने मात्रै नभइ तपाईको मेरुदण्डलाई सहयोग गर्ने ढाड, पेट र पेल्भिक मांसपेशीलाई बलियो बनाउँछ ।
३. हप्तामा कम्तीमा दुईपटक सेक्स गर्नुहोस
वेल्समा गरिएको एक अध्ययन अनुसार महिनामा हप्तामा दुईपटक भन्दा धेरै सेक्स गर्ने मानिस भन्दा महिनामा एक पटक भन्दा कम सेक्स गर्ने मानिसको छिटो मृत्यु हुने जोखिम बढी हुन्छ ।
स्वस्थ सेक्स लाइफ भएका जोडीहरुलाई सात वर्ष कम उमेरको देख्न सकिन्छ किनभने सेक्सले तनावमुक्त बनाउँछ र निन्द्रा राम्रो हुन्छ ।
४. दैनिक तीन ओखर खानुहोस्
ओखर सबैभन्दा स्वस्थ बदाम हो किनभने त्यसमा रोग प्रतिरोधी र बुढ्यौली नलाग्ने एन्टी अक्सिडेन्टहरु पाइन्छ । दैनिक तीन ओखर खाएमा तपाईलाई धेरै फाइदा गर्छ ।
५. सनस्क्रिनको प्रयोग कम गर्नुहोस्
सूर्यको प्रकाशबाट पाइने भिटामिन डीले तपाईलाई मुटुको रोग, ओस्टियो पोरोसिस र क्यान्सरको रोगबाट बचाउँछ । त्यसैले तपाईको भिटामिन डि लेभललाई छालाको क्यान्सरको जोखिम नभइकन बढाउन दिनमा केही मिनेट सनस्कि्रन कि्रम नलगाइकन हिड्ने गर्नुहोस् । तर, तपाई यो कुरामा निश्चित हुनुहोस कि तपाई घामले डढ्नुभएको छैन ।
६. विश्वासिला छ जना साथी बनाउनुहोस्
कसैसँग राम्रो मित्रता बनाएर पारिवारिक बन्धनमा बाँधिनाले तपाईलाई १०० वर्ष बाँच्न सहयोग गर्छ । साथीहरुले तपाईलाई भावनात्मक सहायता गर्छन जसले तनावसँग लड्न सहयोग गर्छ । साथी बनाउनाले केमिकल डोपामाइन र अक्सिटोकिनको उत्पादन बढ्छ जसले मस्तिस्कको विकास गराउँछ र बुढ्यौलीबाट लड्न सहयोग गर्छ । एक अध्ययन अनुसार हामीले बढीमा ६ जनासम्म साथीहरु बनाउन पर्छ ।
७. ८० प्रतिशत अघाएपछि खाना खान छोड्नुहोस्
खाना खाँदा अघाउन्जेल खाने हाम्रो बानी हुन्छ तर, अध्ययनका अनुसार तपाई ८० प्रतिशत अघाए पछि खाना खान छोड्नुहोस । यसले तपाईलाई लामो आयु बाँच्नको साथै स्वस्थ तौल कायम र तनाव कम गर्न सघाउँछ ।
८. एक घन्टा अगाडी नै सुत्न जानुहोस्
एक अध्ययनका अनुसार अनिन्द्राको कारणले तपाईलाई डिप्रेशन र मुटुको रोग जस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ । र, सानो परिवर्तनले यसमा धेरै फरक पार्छ ।
हावार्ड बिजनेस स्कूलले गरेको अध्ययन अनुसार सात घन्टा वा त्यसभन्दा कमी सुत्ने मानिसमा ब्लडप्रेसरको समस्या हुने पाइएको छ जसले हर्टअट्याक र स्ट्रोकको समस्या हुन सक्छ ।
९. हरेक राती ब्रस गर्नुहोस्
डेन्टि्स्टका अनुसार दाँत र गिजाको रोग धेरै नै ठूलो समस्या हो । पछिल्ला १० वर्षमा गिजाको समस्याको कारणले मुटु रोग, मधुमेह र केहि किसिमका क्यान्सर जस्ता स्वास्थ्य समस्याको जोखिम बढाएको पाइएको छ ।
१०. होसियार बन्नुहोस्
अमेरिकी मनोविज्ञ होवार्ड फ्रेडम्यानको अध्ययन अनुसार मानिसको दिघार्युको लागि मानिस धेरै होसियार हुनु पर्छ । पैसा, चिन्तन र अन्य स-साना कुराको ख्याल राख्ने र हरेक कुरालाई आफ्नो उचित स्थानमा राख्ने मानिस लामो समयसम्म बाँच्न सक्छन् ।
११. घरपालुवा जनावर राख्नुहोस् विशेषगरि कुकुर
एक अध्ययनको अनुसार कुकुर पालेका मानिसहरु तनावमुक्त हुन्छन् र डिप्रेशनमा खासै जाँदैनन् त्यसैले लामो समय बाँच्न सक्छन् । घरपालुवा जनावर पालेमा तपाईको ब्लडप्रेसर कम हुन्छ जसले तपाईलाई मुटुरोग लाग्न बाट बचाउँछ ।
१२. फलफूल फ्रिजमा नराख्नुहोस्
तपाईले सोच्नुभएको होला, फ्रिजमा फलफूल राखेमा धेरै समयको लागि ताजा हुन्छ । तर, फ्रिजमा चिसो बनाइएको फलफूलमा फ्रिजमा बाहिर राखिएको फलफूलमा भन्दा कम पोषक तत्वहरु हुन्छन् ।
१३. अरुलाई सहयोग गर्नुहोस्
अरुलाई सहयोग गर्ने बानीले आत्मसन्तुष्टि मात्रै प्रदान गर्दैन, त्यसले तपाईको स्वास्थ्यमा समेत सहयोग गर्छ । अमेरिकामा गरिएको एक अध्ययन अरुलाई सहयोग गर्ने मानिस लामो समयसम्म बाँचेको पाइएको छ । सहयोगी मानिसहरु डिप्रेशन वा अन्य सामान्य स्वास्थ्य समस्याको जोखिममा कमै पर्ने गरेका छन् ।
१४. नुहाउँदा गीत गुन्गुनाउनुहोस्
नियमित रुपमा गीत गुन्गुनाउनु पनि स्वास्थ्यको लागि धेरै राम्रो हुने अध्ययनहरुले देखाएका छन् । गीत गुन्गुनाउने बानीले मानिसको आयु बढ्न सक्छ किनभने गित गुन्गुनाउँदा तनाव कम हुन्छ । यसले मुटु स्वस्थ रहन पनि मद्धत गर्छ र डिप्रेसनको समस्या हुँदैन ।
१५. फलफूल र सागसब्जी धेरै खानुहोस्
युरोपियन हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार फलफूल र सागसब्जी धेरै खाने मानिसहरुकोस्वास्थ्य राम्रो हुन्छ र उनीहरुलाई मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ । फलफूल भिटामिन र एन्टिअक्सिडेन्टले भरपुर हुन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ र छिट्टै बुढ्यौली लाग्न दिँदैन ।
१६. गनगन गर्ने बानी छोडिदिनुहोस्
आशावादी मानिसहरु निराशावादी मानिस भन्दा १२ वर्षसम्म धेरै बाँच्ने कुरा अमेरिकी अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । त्यसैगरि निराशावादी मानिसमा विभिन्न भाइरल रोग लाग्ने र ब्रेस्ट वा छालाको क्यान्सर हुने सम्भावना धेरै हुने पाइएको छ ।
१७. स्याउको जुस धेरै खाने गर्नुहोस्
जर्नल अफ अल्जाइमर डिजिजमा प्रकाशित अध्ययनका अनुसार स्याउको जुसले मस्तिस्कलाई धेरै नै युवाअवस्थामा राख्छ । मानसिक समस्याका बिरामीहरुलाई दैनिक दुई गिलास स्याउको जुस पिएमा राम्रो हुन्छ ।
१८. परिवारको वंशचित्र बनाउनुहोस र इतिहास बुझ्नुहोस्
आफ्नो परिवारको स्वास्थ्य इतिहास पत्ता लगाउनुभयो भने तपाईले आफ्नो स्वास्थ्यको भविष्य पत्ता लगाउन सक्नुहुन्छ र किनभने धेरै जसो अवस्थामा रोगको वंशाणुगत सम्बन्ध हुन सक्छ ।
१९. टिभी कम हेर्नुहोस्
अमेरिकी नेशनल क्यान्सर इन्स्िटच्युटका अनुसार २५ वर्षको उमेरमा तपाईले एक घन्टा टिभी हेर्नुभयो भने आफ्नो आयुको २० मिनेट कम गर्नुहुन्छ । तपाईले जति धेरै समय बसेर टिभी हेर्नुहुन्छ तपाईको शरीरका मांसपेशीहरुको कसरत हुँदैन र क्यालोरी बर्न हुँदैन । जसले तपाईलाई रोग लाग्ने सम्भावना बढाउँछ र आयु छोट्याउन सक्छ ।
२०. नियमित स्वास्थ्य परिक्षण गर्नुहोस्
तपाईले नियमित स्वास्थ्य परिक्षण गर्नुभयो भने मात्रै तपाईलाई रोग लागेको पहिले नै थाहा हुन्छ र तपाईले बेलैमा उपचार गर्न सक्नुहुन्छ ।
२१. तौल होइन कम्मरको नाप लिनुहोस्
वैज्ञानिकहरुले पत्ता लगाएअनुसार तपाईले तौल जोख्नेभन्दा पनि आफ्नो कम्मरको नाप लिनुभयो भने स्वास्थको स्थिती थाहा पाउन सक्नुहुन्छ । किनभने यसले शरीरको महत्वपूर्ण अंगको वरिपरि जम्मा भएको बोसो पत्ता लगाउँछ । पुरुषको कम्मर ९४ सेन्टी मिटर र महिला कम्मर ८० सेन्टिमिटर भन्दा कम हुनुपर्छ ।
२२. विवाह गर्नुहोस्
विवाहित पुरुषहरुको मुटुरोगबाट मृत्यु हुने सम्भावना विवाह नगरेका पुरुषको भन्दा तीन गुणा कम हुन्छ । त्यस्तै विवाहले महिलामा भने मुटु रोगबाट मृत्यु हुने सम्भावना आधा कम गर्छ ।
२३. दिनमा कम्तीमा पनि २० पटक हाँस्नुहोस्
हाँस्नु स्वास्थ्यको लागि धेरै नै रामो हो । यसले प्रतिरोधी प्रणाली राम्रो बनाउँछ, स्ट्रेस हार्मोनहरुलाई कम गर्छ र क्यान्सरबाट लड्न सहयोग गर्छ । ठूला मानिसहरुले दिनमा पाँचदेखि पन्ध्र पटकमात्रै हाँस्ने गर्छन त्यस्तै केटाकेटीले भने सयौं पटक हाँस्ने  गर्छन् ।
२४. धुमपान त्यागिदिनुहोस्
फिनल्याण्डमा गरिएको एक अध्ययन अनुसार धुमपानले तपाईको आयु १० वर्षभन्दा धेरै छोट्याउनुको साथै तपाईको स्वास्थमा पनि समस्या ल्याउन सक्छ । त्यसैले धुमपान त्यागिदिनुहोस् ।
२५. केही कुरामा विश्वास गर्ने गर्नुहोस्
हजार भन्दा धेरै अध्ययनहरुका अनुसार विश्वास र लामो आयु बाँच्नुमा सम्बन्ध हुन्छ । केहि कुरामा विश्वास गर्नाले मानिसहरु तनाव र भावनात्मक समस्याहरुसँग लड्न सक्छन । त्यस्तै उनीहरुमा मुटुरोग, स्वासप्रस्वास र पाचन समस्याको जोखिम कम हुन्छ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

लसुनको हरियो पात खानुका फाइदै फाइदा