How to change yourself entirely ? (कसरी आफुलाई पूर्ण रुपमा बदल्ने ?)
सधै एकनास ढंगले बिताउदा जीवन
पट्यारलाग्दो हुन्छ । एउटै शैली, एउटै ढंग, एउटै
सोंचले जीवनमा खास नयाँपन दिदैन । यस किसिमको जीवनशैली दिक्कलाग्दो हुन्छ । नयाँ
विचारहरु फुर्दैन । नयाँ जोश, जाँगर आउँदैन । कुनै काम गर्ने तौर-तरिका मिल्दैन
। कुनैपनि कामबाट सफलता मिलिरहेको हुँदैन ।
यस्तो अवस्थामा आफ्नो शैली, ढंग
एवं आफैलाई थोरै बदल्नुपर्छ । यसरी आफुलाई बदल्न सकेमा जीवनमा नयाँपन अनुभूत गर्न
सकिन्छ । कतिपय काममा सफलता हात लाग्छ । कसरी बदल्ने त आफुलाई ?
सोंच बदलौं
आफुलाई बदल्नका लागि भौतिक कुरामा मात्र परिवर्तन
गरेर हुँदैन । पहिलो कुरा त सोंच बदल्नुपर्छ । मानसिकता बदल्नुपर्छ । केही नयाँ
गर्ने सोंच राखौं । आफ्नो काम, ढंग, शैली
बदल्नका लागि मानसिक रुपमा आफुलाई बदलौं ।
काम गर्ने शैली बदलौं
आफुले जुन ढंगले काम गरिरहेका छौं, त्यसलाई
बदलौं । अर्थात आफुले गरिरहेकै कामलाई नयाँ ढंगले गर्ने अभ्यास गरौं । नयाँ ढंगले
गर्दा त्यो सहज र प्रभावकारी पनि हुनसक्छ । र, आफुलाई
रमाइलो पनि लाग्छ ।
कामको प्रकृति बदलौं
हामी सधै एउटै काममा लाग्छौं । त्यो काम एउटै
तरिकाले गर्छौं । यस्तो काममा सिर्जनसिलता नआउन सक्छ । त्यसैले आफुले गरिरहेको
कामको प्रकृति बदलौं । नयाँ काम गरौं ।
उदेश्य बदलौं
हामी कुनै न कुनै उदेश्य लिएर काम गर्छौं । उदेश्य
प्राप्तिका लागि जे काम गर्छौ, त्यसमा हाम्रो ढंग नपुगेको हुनसक्छ । प्रयास
नपुगेको हुनसक्छ । त्यसैले उदेश्य प्राप्त हुँदैन ।
तर, कहिले
काहिँ हामीले अनावश्यक उदेश्य लिएर पनि काम गर्छौं । त्यस्ता उदेश्य, जो
पुरा गर्न कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो उदेश्यलाई बदल्नुपर्छ । र, त्यो
उदेश्य प्राप्तिका लागि सार्थक प्रयास गर्नुपर्छ ।
व्यवहार बदलौं
हरेकको आ-आफ्नै बानी हुन्छ । त्यही अनुसार व्यवहार
गरिन्छ । अतः आफ्नो जीवनमा नयाँपन ल्याउनका लागि व्यवहार पनि परिवर्तन गर्नुपर्छ ।
आफ्नो काम-कारबाही कसरी गर्ने, आफन्तसँग कस्तो सम्बन्ध राख्ने, साथीभाइसँग
कसरी सहकार्य गर्ने जस्ता कुरामा आफ्नो पुरानो व्यवहार त्यागेर फरक ढंग
अपनाउनुपर्छ ।
जीवनशैली बदलौं
सोंच, चिन्तन, कामको
शैली बदल्ने कुरा सजिलो छैन । तर, जीवनका कतिपय मोडमा पुगेपछि यस्तो बदलाव आवश्यक
हुन्छ । जीवन जब पट्यारलाग्दो हुन्छ, तब
आफुलाई बदल्नुपर्छ । यसका लागि सोंच, चिन्तन, काम
गर्ने ढंग,
शैली बदल्नुपर्छ । यससँगै आफ्नो जीवनशैली
बदल्नुपर्छ ।
जीवनशैली भन्नाले आफ्नो उठ्ने, सुत्ने, खाने
तालिका बदलौं । आफ्नो दिनचर्यामा पनि नयाँपन दिने प्रयास गरौं ।
समस्यालाई सही ढंगले बुझौं
तपाईको जीवन खराब अवस्थामा गुजि्ररहेको छ । संभवत
तपाइलाई थाहा छ कि,
के कारण यस्तो भइरहेको छ ? खासमा
समस्या के हो ?
जागिर ? साथीभाई
?
आफ्नो खराब बानी ? परिस्थिती
?
समधान खोज्नुअघि तपाई यो टुंगोमा पुग्नुपर्छ कि, समस्या
के हो ?
जब समस्या थाहा हुन्छ, त्यसको
समधान खोज्न सजिलो हुन्छ । हरेक समस्यासँगै त्यसको समधान हुन्छ । हरेक समस्याको हल
हुन्छ ।
अब तपाईले आफ्नो सोंच एवं मानसिकता बदल्नुपर्छ कि, हरेक
समस्याको समधान खोज्न सकिन्छ ।
मानसिक अवरोध पहिचान गरौं
नेपालीमा एउटा भनाई छ, बनको
बाघले होइन,
मनको बाघले खान्छ । हामी मानसिक रुपले त्यसै कमजोर
हुने गर्छौं । जबकी भएको केही हुँदैन ।
परिस्थितीहरु कहिले अनुकुल हुन्छन्, कहिले
प्रतिकुल हुन्छन् । जीवनमा यस्ता उतार-चढाव सबैलाई आइपर्छ । सबैले झेलेकै हुन्छ ।
त्यसेले यस्ता परिस्थितीबाट दुखी हुने होइन । वा भाग्ने होइन । बरु सामाना
गर्नुपर्छ । अर्को कुरा हामीले जस्तोसुकै प्रतिकुलतामा पनि हतोत्साही हुनु आवश्यक
छैन । परिस्थितीलाई जति जटिल सोचिन्छ, त्यो
उत्तिनै जटिल जस्तो लाग्छ । सरल ढंगले सोचियो भने, त्यो
सामान्य लाग्छ ।
कहिले काहिँ हामी सानो कुरामा पनि हतोत्साही
हुन्छौं । डराउँछौं । कमजोर हुन्छौं । तर, यस्ता
प्रतिकुलतासँग डटेर अगाडि बढ्नका लागि आत्माविश्वासका साथ अगाडि बढ्नुपर्छ ।
को सत्रु ?
भनिन्छ नि, ‘तपाई
स्वयम् आफ्नो सबैभन्दा ठूलो सत्रु हुनुहुन्छ ।’ जब
तपाई कुनै समस्याको घेराबन्दीमा पर्नुहुन्छ, त्यो
परिस्थितीको दोष होइन । किनभने परिस्थितीलाई दोष दिएर तपाइले त्यसबाट मुक्ति पाउनुहुन्न
। खासमा उक्त परिस्थितीबाट कसरी उम्कनुहुन्छ ? त्यो
तपाईको दायित्व हो ।
Comments