मोटोपना घटाउने ५ तरकारी


  1. लौकाः 
    लौका पर्याप्त पानी र रेसा (फाइबर) रहेको हुन्छ । यसमा क्यालोरी कम हुने भएकोले भोक नियन्त्रित गर्दछ । हरेक विहान एक गिलास लौका जूस सेवन गरे मोटोपना नियन्त्रणमा सहयोग पुग्छ । तर लौकाको जूस छनेर पिउनु भने हुँदैन । जूस छान्दा यसमा भएको फाइबर फ्याँकिन्छ । भोक नियन्त्रणमा फाइबरको भूमिका अधिक हुन्छ ।

  2. ब्रोकाउलीः
    यसमा प्रेाटिन, भिटामिन र कार्बोहाइडे्रट पर्याप्त परिमाणमा पाइन्छ । सजिलै पाचन गर्न सकिन्छ । भिटामिन ई, क्याल्सियम, आइरन, म्याग्नेसियम आदि पनि रहेको र यी तत्वहरु मोटोपना नियन्त्रणमा सहायकसिद्ध भइसकेका छन् ।

  3. फर्सीः
    फर्सी स्वादमा अलि गुलियो हुन्छ । हरेक विहान एक गिलास फर्सीको जूस पनि पिउन सिफारिस गरिएको छ । यसमा हुने क्यारोटिनले मोटोपना नियन्त्रणमा निकै सहयोग पुग्ने बताइएको छ ।

  4. काँक्रोः
    काँक्रोको सेवनले पेट भरिएको महसुस हुन्छ । यसबाट भोक नियन्त्रण हुन्छ । यसमा ९० प्रतिशत पानी रहेको हुन्छ । यसलाई भोजनपछि सलादको रुपमा खानु पर्दछ । सकेसम्म काँक्रोको बोक्रा नताछी खानुपर्दछ । काँक्रोको बोक्रामा फाइबर र पौष्टिक पदार्थ पर्याप्त पाइन्छ ।

  5. करेलाः
    स्वादमा तितो भएपनि करेला निकै गुणकारी तरकारी हो । शरिरमा रगतमा चिनीको परिमाण नियन्त्रण गर्दछ । मधुमेह रोगीको लागि करेलाको जुस अमृतसमान हुने गर्दछ ।

(Source: www.onlinekhabar.com)

Comments

Popular posts from this blog

20 Best Health Tips

बच्चाको IQ Level बढाउने यस्ता छन्, सरल उपाय