लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने २५ तरिका
अक्सर हामी चाहन्छौं , लामो आयु बाँच्न पाइयोस् । हुन त जन्मपछि मृत्यु निश्चित छ । के भनिन्छ भने , जन्मदै हामीले मृत्यु पनि लिएर आएका हुन्छौं । अतः कति अवधी बाँच्ने भन्ने कुरा पनि जन्मदै तय हुन्छ । तर , विभिन्न कारणले हामी पूर्ण आयु बाँच्न पाइरहेका छैनौं । जति अवधी बाँचेका छौं , त्यो पनि रोग र शोकमा बाचिरहेका छौं । गौतम बुद्धको भनाईको सार छ , ‘ जीवनभर निरोगी रहनु आफैमा उपहार हो । रोगी भएर बाँच्नु निकै दुखदायी कुरा हो । त्यस्तो जीवन मरेतुल्य हुन्छ । ’ सकेसम्म हामी लामो आयु नै बाँच्न खोज्छौं । र , बाँचुञ्जेल निरोगी रहन चाहन्छौं । तर , कसरी निरोगी जीवन बाँच्ने ? कसरी लामो आयु बाँच्ने ? यसमा धेरै हदसम्म हामी आफै जिम्मेवार छौं । हामीले स्वस्थ्य , सन्तुलित र अनुशासित दिनचर्या अपनाएर लामो आयु पाउन सक्छौं । जीवनभर निरोगी रहन सक्छौं । १. चिया पिउन थाल्नुहोस् चियामा पोलिफेनियोस नामको एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईलाई मुटु रोग , क्यान्सर र चाँडै नै बुढ्यौली लाग्ने समस्याबाट लड्न मद्धत गर्छ । एक इजरायली अध्ययनका अनुसार चिया नपिउने मानिसहरु भन्दा चिया पिउने मानिसहरु बढि बाँच्छन् ...