केरा
केरा सबैलाई मन पर्ने र निकै पौष्टिक फल हो । केराको नियमित भोजनले सरीरमा आवश्यक पर्ने विभिन्न खाले पौष्टिक तत्वको आपूर्ति गर्नुका साथै विभिन्न खाले रोगबाट बचाउन समेत मद्दत गर्छ । केरामा प्रसस्तै क्याल्सियम पाइन्छ । जो हड्डी तथा दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । केराको सेवनले पाचन शक्ति बढ्नुका साथै ग्यास्टि्रकजन्य समस्या समेत कम हुन्छ । केरामा घुलनशील फाइबर पेक्टिन समेत हुने भएकाले यसले पाचन क्रियामा सहयोग पूराउँछ । केरामा पोटासियम लवण पनि पर्याप्त मात्रामा पाइन्छ । यसले उच्च रक्तचाप, हृदयाघात तथा हाइपरटेन्सनको समस्यालाई कम गर्न सहयोग गर्छ । वजन कम भएर चिन्तामा पर्नुभएका छ ? यदि त्यसो हो भने दैनिक दुइवटा कोसा केरा एक कप दुधमा मिलाएर खानुहोस् । यसले शरीरलाई चाहिने उर्जा प्रदान गर्छ । केरामा आइरन तत्व पनि हुने भएकाले रक्तअल्पताको जोखिम कम गर्छ । अल्सरबाट पीडित रोगीहरुका लागि समेत केराको सेवन फाइदाजनक हुन्छ । केरामा म्याग्नेसियम, भिटामिन ए, बी, सी तथा सोडियम लगायतका पौष्टिक तत्व पनि पाइने भएक...