स्याउका फाइदा

स्याउलाई निकै हितकारी फल मानिन्छ । यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसले केवल रोगसँग लड्न मद्दत मात्र गर्दैन सरीर स्वस्थ राख्न वा रोगको रोकथामकै लागि सहयोग गर्छ । वैज्ञानिक अध्ययनले पनि के पुष्टि गरेको छ भने स्याउले मुटुरोग, क्यान्सर तथा मधुमेह सँगै विभिन्न खालका मस्तिष्क रोग जस्तै अल्जाइमर तथा पार्किन्सन्स जस्ता रोगबाट समेत बचाउन ठूलो सहयोग गर्छ ।

स्याउ रेशायुक्त फल हो । यसमा प्रसस्त फाइबर पाइन्छ । स्याउको नियमित सेवनले पाचन क्रियालाई समेत सन्तुलित र नियमित गर्न मद्धत गर्छ । साथै स्याउमा एन्टी अक्सिडेन्ट तत्व प्रचूर मात्रामा पाइन्छ जसले विभिन्न खालका रोगसँग प्रतिरोधी क्षमता बढाउने मात्र होइन छिटो बुढ्यौली लाग्ने रोग अर्थात् समस्यालाई समेत कम गर्ने बताइएको छ । स्याउका अन्य केही फाइदा यसप्रकार छन् :
·         स्याउमा प्रसस्त मात्रामा आइरन तत्व पाइन्छ । स्याउको नियमित सेवनले रक्तअल्पता हुनबाट बचाउँछ ।
·         स्याउले क्यान्सरको खतरा कम गर्छ । स्याउमा हुने एक विशेष तत्व क्वरसिटिनले सरीरका कोषिकाहरुलाई नष्ट हुनबाट जोगाउँछ ।
·         स्याउमा पाइने पेक्टिन तत्वले सरीरमा ग्लाक्ट्रोनिक एसिडको अभाव पूर्र्ति गर्छ । यसबाट इन्सुलिनको मात्रा सन्तुलित हुन्छ र मधुमेहको जोखिम कम हुन्छ ।
·         स्याउले पाचन प्रक्रियामा हुने गडबडीलाई पनि हटाउँछ । बोक्रैसित स्याउ खाएमा कब्जियत जस्ता समस्या हल हुन्छन् ।
·         स्याउमा घुलनशील फाइबार पाइन्छ जसले रगतको कोलेस्टेरोललाई कम गर्छ ।
·         स्याउ नियमित खानाले मोटोपन पनि कम हुन्छ ।
·         स्याउमा पाइने एन्टिअक्सिडेन्टका कारण सरीरमा रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ ।
·         स्याउले सरीरका विषाक्त पदार्थहरु निस्कासन गर्न तथा कलेजो लगायतका अंगलाई स्वस्थ राख्न मद्धत गर्छ ।
·         स्याउमा इन्टीभाइरल प्रोपेर्टियस तत्व पाइन्छ, यसले ब्याक्टेरिया तथा भाइरस नियन्त्रण गर्न मद्धत गर्छ । यसमा मुखमा थुकको मात्रा पनि बढाउँछ । साथै दाँतलाई पनि स्वस्थ बनाउन मद्धत गर्छ ।
·         स्याउले मुगौला तथा मुत्रथैलीको पत्थरी बाट बचाउन पनि सहयोग गर्छ ।

·         हड्डीलाई बलियो तथा मजबुत बनाउन पनि स्याउको नियमित सेवन सहयोगी हुने बताइएको छ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

कति छ तपाईंमा आत्मविश्वास ?