पानी पिउनुका फाइदै फाइदा

पानी जिवनको आधार हो । पानी विना कुनैपनि जिवको अस्तित्व सम्भव छैन । हाम्रो सरीरको अधिकांस हिस्सा पानीले नै ओगटेको हुन्छ । एक वयस्क पुरुषको सरीरको कुल तौलको झण्डै ६५ प्रतिशत हिस्सा पानी भने महिलाको सरीरको तौलको ५२ प्रतिशत ।

दुब्लो पातलो मानिसको सरीरमा मोटो मानिसमा भन्दा पानीको मात्रा बढि हुन्छ । यसको मुख्य कारण के हो भने बोसोको तुलनामा मांशपेशीमा पानी संचय गर्ने क्षमता बढि हुन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने मोटोपनाबाट ग्रसित मानिसको सरीरमा पानीको हाहाकार हुने हुनाले विभिन्न खाले रक्तविकार तथा अन्य रोगको जोखिम बढ्छ ।

दिनभर स्वास प्रस्वासमा झण्डै २-३ कप पानी खर्च हुन्छ । पसिना तथा पिसाबको रुपमा निस्कने पानीले सरीरमा रहेका हानिकारक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । सरीरमा १० प्रतिशत तरल पदार्थ कम हुने हो भने पनि डिहाइड्रेसनको खतरा उत्पन्न हुन्छ । त्यसैले मृगौलाको स्वास्थ्यका लागि समेत पानी पिइरहनु पर्दछ ।

सरीरमा पानी कम हुनाले टाउको दुख्ने, मांशपेशीमा कमजोरी उत्पन्न हुने, थकान, स्मरण शक्तिमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् ।

पर्याप्त पानी पिउनाले सरीरको छाला चम्किलो हुने, अनुहार उज्यालो हुनका साथै चाउरीपन समेत कम गर्छ । विज्ञहरुका अनुसार पानी छालाको लागि प्राकृतिक पोषक हो । खाना खानुभन्दा ३० मिनेट पहिले २ गिलास पानी पिउनाले पाचन शक्ति बढ्दछ । बिहान उठेसँगै १ गिलास पानी पिएर मात्र अन्य भोजन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

सुत्नुभन्दा पहिले पानी पिउनु मुटुका लागि लाभदायी हुन्छ । नुहाएपछि पानी पिउने बानीले रक्तचाप कम हुने जोखिमबाट बचाउन मद्दत गर्दछ । पर्याप्त पानी पिउनाले सरीरबाट हानिकारक तत्वको निष्कासन सहज हुन्छ, जसका कारण पत्थरी जस्ता समस्या दूर हुन्छन् ।

भोजनलाई पचाउनका लागि पेटमा इन्जाइम तथा अम्ल समेतको उत्पादन हुन्छ । यस्तो अम्ललाई निस्कृय बनाउनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यदि पानी कम पिउने हो भने त्यसले ग्यास्टि्रक, अपच जस्ता समस्या निम्ताउँछ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

कति छ तपाईंमा आत्मविश्वास ?

How healthy is eating Broiler Chicken?