हड्डी मजबुत बनाउने खानेकुराहरु

क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । क्याल्सियमले हड्डी तथा दाँतलाई मजबुत बनाउँछ भने भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा सघाउ पूराउँछ ।

हड्डीको रोग ओस्टीयोपोरोसिसको मुख्य कारण भिटामिन डी को कमी नै हो । त्यसैले हड्डीलाई स्वस्थ र मजबुत बनाउन हाम्रो खानामा भिटामीन डी र क्याल्सियम प्रसस्त पाइने खानाहरु अनिवार्य रुपमा समावेश हुनुपर्छ । हड्डी मजबुत बनाउन खानैपर्ने केही खानेकुरा यी हुन् :


  1. दुध - दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, मही तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।
  2. केरा- हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले सरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र सरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।
  3. हरियो सागपात - हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्सियमका साथै भिटामिन समेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरुको घनत्व बढाउँछ ।
  4. बदाम - बदाम, ओखर जस्ता खानेकुराहरुमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइन्छ जसले हड्डीको क्षयिकरण रोक्न मद्दत गर्छन् र हड्डीको निर्माणमा सघाउ पूराउँछन् ।
  5. माछा, मासु र अण्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूर्ण खानेकुराहरु हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै हड्डीको विकाशमा समेत सहयोग पूराउँछ ।

Comments

Popular posts from this blog

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

20 Best Health Tips

लसुनको हरियो पात खानुका फाइदै फाइदा