तपाईको बच्चा किन स्कुल जान मान्दैन ? कारण गंभिर हुनसक्छ



नयाँ शैक्षिक सुरु भएको छ । यतिबेला कतिपय अभिभावकको निम्ति टाउको दुखाईको बिषय बनेको छ, बच्चालाई कसरी स्कुल पठाउने ? 

किनभने धेरै बच्चा स्कुल जान आनाकानी गर्छन् । स्कुल जाने कुराले खिन्न हुन्छन् । मुड खराब हुन्छ । त्यसैले अनेक बाहाना बनाएर स्कुल नजाने जिद्दी गर्छन् । कतिले टाउको दुख्यो भन्छन्, कतिले पेट दुख्यो भन्छन्, कति युनिर्फम, झोला, किताबको निहुँ बनाएर पनि स्कुल जान अनिच्छा देखाउँछन् ।


बच्चालाई पिटेर, डर देखाएर हुँदैन
हामीले देखेका छौं, यस्तो अवस्थामा धेरै अभिभावक बच्चालाई फकाएर, गाली गरेर, पिटेर, डर देखाएर, लोभ देखाएर स्कुल पठाउने चेष्टा गर्छन् । तर, बच्चालाई किन स्कुलप्रति वितृष्णा जागेको छ ? किन स्कुलको कुरा मन पर्दैन ? जान्न खोज्दैनन् । अभिभावकको यहिं भूलले एउटा बच्चा मनोरोगको सिकार हुनसक्छन्, आत्माग्लानीले ग्रसित हुनसक्छन्, हीनताबोधले कमजोर हुनसक्छन् ।
स्कुलमा बच्चाले कस्तो व्यवहार झेलिरहेका छन् ?
त्यही उत्साह, उमंग र जिज्ञासासाथ बच्चाहरु स्कुल जानुपर्ने हो, जति चिडियाखाना जान पाउँदा हुन्छ । फन पार्क जान पाउँदा हुन्छ । तर, जहाँ बच्चाहरु केहि कुरा सिक्ने उदेश्यका साथ जान्छन्, त्यहाँ जान अघि उनीहरुको मनमा जिज्ञासा होइन भय एवं त्रास भरिएको हुन्छ । मनमा डर, चिन्ता बोकेर स्कुल जान्छ भने त्यहाँ पुगेर उनीहरुले कसरी उपयोगी शिक्षा ग्रहण गर्न सक्छन् ?


बच्चाहरु किन स्कुल जान रुची राख्दैनन् वा डराउँछन् त ?

  1. अक्सर शिक्षकको झुकाव पढाइमा अब्बल विद्यार्थीमा हुन्छ । कति शिक्षकले विद्यार्थीवीच तुलनापनि गरिरहन्छन् । यसले पढाईमा कमजोर विद्यार्थीमा हीन भावना पैदा हुन्छ । अरुको सामु आफुलाई कमजोर ठान्छन् । यहि कारण उनीहरुलाई आफ्नो कक्षा कोठाप्रति नै वितृष्णा जाग्छ ।
  2. एउटा कक्षा कोठामा रहेका बच्चाहरु सबै समान हुँदैनन् । कोहि तिक्ष्ण हुन्छन्, कोहि कमजोर । कोहि धूर्त वा चलाख हुन्छन्, कोहि सोझा पनि । सोझा र कमजोर विद्यार्थीहरु सधै हेपिएका हुन्छन् । धूर्त विद्यार्थी उनीहरुमाथि हावी हुन्छन् । यो कुरा कमजोर विद्यार्थीले व्यक्त गर्न सक्दैनन् तर, भित्रभित्रै पीडावोध भने गरिरहेका हुन्छन् । यहि पीडा सम्भिmएपछि उनीहरुलाई स्कुल जान मन लाग्दैन ।
  3.  कति बच्चा आफ्नै साथीको व्यवहारबाट दुखी हुन्छन् । साथीले चलाउने, जिस्काउने, होच्याउने जस्ता कुराले बच्चाहरु तनाव झेलिरहेका हुन्छन् । कक्षा कोठामा पुगेपछि साथीले दुब्र्यवहार गर्छ कि भन्ने भयले उनीहरुलाई जहिलेपनि आतंकित बनाइरहेको हुन्छ, जुन कुरा अभिभावक र शिक्षकले बुझ्दैनन् ।
  4. आफ्नो कपी-किताब एवं अन्य शैक्षिक सामग्री, झोला साथीको भन्दा नराम्रो हुनसक्छ । घरबाट पठाइदिने खाजा पनि साथीको जति मीठो र राम्रो नहुन सक्छ । यी साना कुरा हुन् । तर, बच्चालाई यस्ता कुराले पनि हिनताबोध जगाइदिन्छ । यहि कारण उनलाई स्कुल जान मन लाग्दैन ।
  5.  कति विद्यालयको शौचालय बालमैत्री हुँदैन । बच्चाहरु शौचालय गएर चुकुल लगाउन सक्दैनन्, चुकुल लगाएपछि खोल्न सक्दैनन् । त्यसमाथि सिनियर बिद्यार्थीहरुले ट्वाइलेटमा भूत छ भन्ने जस्ता कुराले त्रसित बनाइरहेका हुन्छन् । त्यही कारण उनीहरु दिसा-पिसाबले च्यापेपनि सबै सहेर बसिरहन्छन् । यसरी विद्यालयमा भोग्नुपर्ने पीडाले उनीहरु घरमै बस्न मन गर्छन् ।
  6. शिक्षकहरु सबै बच्चालाई समान व्यवहार गर्दैनन् । कसैलाई बढी माया गर्छन्, कसैलाई हेला । यसरी शिक्षकको अपहेलना झेलिरहेका बच्चाहरु स्कुल जान जाँगर चलाउँदैनन् ।
  7. बच्चालाई पढाई, क्लास वर्क, होमवर्कको दवाव भयो भने पनि स्कुल जान रुचाउँदैनन् । धेरैजसो स्कुलले विद्यार्थीलाई पढाउने चक्करमा किताव घोकाउने, क्लास वर्क गराउने कार्यमा बढी नै दवाव दिइरहेका हुन्छन् । यस्तो दवाव कलिलो बच्चाले झेल्न सक्दैन । त्यसैले उनीहरु घरमै बस्न मन गर्छन् ।

(तपाईको बच्चा स्कुल जान नमान्नुको पछाडि उल्लेखित कारण पनि हुन सक्छन् । यदि त्यसो हो भने तपाईले बच्चाको मनोविज्ञान बुझेर सोहि अनुसार स्कुल प्रशासन, शिक्षक/शिक्षिकासँग कुरा गर्नुपर्ने हुन्छ । यदि स्कुलको वातावरण बालमैत्री छैन भने त्यस्तो स्कुलमा पढाउनुको कुनै सार्थकता छैन ।)

Comments

Popular posts from this blog

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

20 Best Health Tips

लसुनको हरियो पात खानुका फाइदै फाइदा