गर्मीमा किन कम भोक लाग्छ ?

गर्मी बढने क्रममा छ । बढ्दो गर्मीकै कारण हामीमध्ये धेरैलाई भोक कम लाग्छ । तपाईंहरुलाई थाहा छ किन यस्तो हुन्छ ? किन गर्मीमा हामीलाई खान मन लाग्दैन ?

चिकित्सकका अनुसार हाम्रो मस्तिष्कमा रहेको हाइपोथैलेमस नामक ग्रन्थीद्धारा हाम्रो भोक नियन्त्रित हुन्छ । यो ग्रन्थी मस्तष्कको एउटा भागमा रहेको हुन्छ । जुन हाम्रो शरीरका विभिन्न अंगहरुसित प्रत्यक्ष सम्बन्ध राख्दछ ।

त्यसैले हाईपाथैलेमस नामक यस ग्रन्थीले भोक, प्यास बाहेक शरीरको तापक्रम, भावनात्मक सम्बन्ध, थकान निद्रा लगायतलाई पनि नियन्त्रण गर्ने गर्दछ ।

त्यतिमात्र हैनन, यसले तृप्ती जस्ता कुरालाई पनि नियन्त्रित गर्दछ । जसले गर्दा तपाईको पेट भरिएको छ कि छैन भन्ने कुरा थाहा हुन्छ ।

त्यसैले त हाइपोथैलेमसले भोक लागेको पत्ता लगाई, तृप्तीलाई बढाएर तथा भोकलाई नियन्त्रित गरी भोक हर्मोन घि्रलिन (पेट तथा हाइपोथैलेमसद्धारा उत्पादित)को साथ काम गर्दछ ।

तापमान बढ्दा यसले कसरी काम गर्छ ?

मानव शरीरले आवश्यकता अनुसार वातानुकुल अवस्थामा आफूलाई ढाल्न सक्दछ । परिणाम स्वरुप अत्याधिक गर्मीमा बढ्दो तापमानका कारण शरीरमा पानीको मात्रा कम हुन्छ ।

यसको मुख्य कारण यो हो कि पसिनाको रुपमा शरीरबाट पानी निस्कन थाल्दछ । यसरी शरीरल आफ्नो तापमानलाई सन्तुलित गर्ने प्रयास गर्दछ ।

यही कारण गर्मी मौसममा शरीरमा थर्मास्टाटिक परिवर्तन हुन पुगी डिहाइड्रेशन (शरीरमा पानीको कमी) हुने गर्दछ ।

त्यसैले त, हाइपोथैलेमसलाई शरीरको थर्मोस्टैट पनि भन्ने गरिन्छ । गर्मीमा हाइपोथैलेमसले मुख्य दुई तरीकाले काम गर्दछ । पहिलोः तपाईको शरीरलाई चिसो राख्ने र अर्को यो सुनिश्चित गर्ने की तपाईलाई समयमै भोक लागोस् ।

यही कारणले गर्दा शरीरबाट पसिना निस्कँदा हाइपोथैलेमसले भोक प्रति कम ध्यान दिन्छ । यसको कारण यो पनि हो कि पाचन तन्त्रले पनि अत्याधिक गर्मी उत्पन्न गर्दछ । त्यसैले हाइपोथैलेमसले भोकलाई दवाउने प्रयास गर्दछ । जसले गर्दा गर्मीमा कम भोक तथा प्यास ज्यादा लाग्ने गर्छ ।

यस्तो बेला के गर्ने ?

चिकित्सकका अनुसार कम भोक शरीरमा निर्भर गर्दछ । प्रत्येक मानिसको शरीर अनुसार भोक फरक हुने गर्छ । त्यसैले गर्मीमा मानिसहरुले आफ्नो शरीरको आवश्यकता अनुसार खाना खानु पर्दछ ।

जर्बजस्ती खानु पनि स्वास्थ्यको लागि फाइदाजनक मानिँदैन । भोक लाग्नु प्राकृतिक प्रकृया भएकोले तपाईको शरीर के चाहन्छ, त्यही अनुसार नै खानालाई सन्तुलनमा राख्नु पर्छ ।

त्यसैले त, पानी पर्दा हामीलाई तातो पकौडाका साथमा चिया खान मन लाग्छ भने जाडो मौसममा कफीका साथमा अन्य खानेकुरा । किनकी जाडोमा भोक पनि त बढी लाछ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

कति छ तपाईंमा आत्मविश्वास ?

How healthy is eating Broiler Chicken?