कसरी बन्ने सफल ? यस्ता छन् सुत्र

हामी चाहन्छौं, सफल बनौं । आफुले गरिरहेको काममा धेरै भन्दा धेरै नतिजा प्राप्त होस् । आफुले खोजेजस्तै र चाहेजस्तै परिणाम हासिल होस् । सफलताको उच्चतम विन्दुमा पुग्न सकौं । तर, कसरी ?


हामी अनेक यत्न गर्छौ । अनेक बाटो समात्छौं । तैपनि सफलता पाइरहेका हुँदैनौ । यसको पछाडि अरु कारणले ठूलो अर्थ राख्दैन । बरु, हाम्रो आफ्नै बानी, व्यवहारले हामीलाई सफल हुनबाट अवरोध गरिरहेको हुनसक्छ । किनभने सफलताका लागि हामी स्वंम बदलिनुपर्छ ।

कतिपयसँग यस्ता साझा बानी हुन्छन्, जसले उनीहरुलाई सफलताको उचाईमा पुर्‍याउँछ । के हुन् त ति बानी ?


१. प्रोएक्टिभ बनौं

यसको अर्थ हो, आफ्नो जीवनका लागि स्वंमलाई जिम्मेवार बनाउनु । आफ्नो उत्तरदायित्व वहन गर्नुपर्छ । यसका लागि तपाईले आफ्नो वंशानुगत गुण, परिस्थिती, परिवेशमा निर्भर रहनु पर्दैन र दोष दिन  पनि आवश्यक छैन । प्रोएक्टिभ व्यक्ति आफ्नो समय, शक्ति र बुद्धि त्यही कुरामा खर्च गर्छन्, जसलाई उसले नियन्त्रण गर्न सक्छ । हामीसँग जतिपनि समस्या, चुनौती र अवसर हुन्छ, त्यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

२. अन्त्यलाई ध्यानमा राखेर सुरुवात

कुनैपनि काम गर्दा त्यसको लक्षित विन्दु तय गरिन्छ । हामीले यात्रा थाल्नुअघि कहाँसम्म पुग्ने भन्ने कुराको मोटामोटी खाका तयार गर्छौ । गन्तव्य कहाँ हो, त्यहाँसम्म पुग्ने दुरी कति हो, कस्तो बाटो हो ? इत्यादि । ठीक यसैगरी कुनैपनि काम गर्नुअघि त्यसको स्पष्ट खाका आफुसँग हुनुपर्छ । आफ्नो लक्षित उपलब्धी के हो र त्यो कसरी हासिल हुन्छ भन्ने मार्गचित्र बनाएर अघि बढ्नुपर्छ ।

३. कल्पनाशक्ति

सफलताको लागि कल्पनाशक्ति पनि चाहिन्छ । जुक कुरा हामी नाङ्गो आँखाले देख्न सक्दैनौ, त्यो कुरा हाम्रो कल्पनाशक्तिबाट थाहा पाउन सकिन्छ । यो त्यही सिद्धान्तमा आधारित छ, हरेक चिजको निर्माण दुई पटक हुन्छ । पहिलो पटक मानसिक क्रिएसन । र, दोस्रो पटक शारीरिक क्रिएसन । जब तपाई एउटा सुन्दर परिकल्पना गर्नुहुन्छ, त्यसलाई मूर्त रुप दिन शारीरिक क्रिया सुरु गर्नुहुन्छ ।

४. प्राथमिकता चिन्न सकौं

जिन्दगीमा धेरै कुरा गर्ने रहर हुन्छ, हामीलाई । हरेक क्षेत्रमा हात हाल्न मन लाग्छ । तर, यसले लक्षित विन्दुमा पुर्‍याउँदैन । त्यही काम गर्नुपर्छ, जहाँ तपाई रमाउन सक्नुहुन्छ, साथै तपाईको क्षमताले पनि भ्याउँछ ।

के गर्ने एवं कुन क्षेत्रमा हात हाल्ने भन्ने कुराको तय गर्दा आफ्नो रुची, क्षमता आदिलाई आधार बनाएर तय गर्नुपर्छ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

लसुनको हरियो पात खानुका फाइदै फाइदा