Posts

Showing posts from February, 2014

मोटोपना घटाउने ५ तरकारी

लौकाः   लौका पर्याप्त पानी र रेसा (फाइबर) रहेको हुन्छ । यसमा क्यालोरी कम हुने भएकोले भोक नियन्त्रित गर्दछ । हरेक विहान एक गिलास लौका जूस सेवन गरे मोटोपना नियन्त्रणमा सहयोग पुग्छ । तर लौकाको जूस छनेर पिउनु भने हुँदैन । जूस छान्दा यसमा भएको फाइबर फ्याँकिन्छ । भोक नियन्त्रणमा फाइबरको भूमिका अधिक हुन्छ । ब्रोकाउलीः यसमा प्रेाटिन, भिटामिन र कार्बोहाइडे्रट पर्याप्त परिमाणमा पाइन्छ । सजिलै पाचन गर्न सकिन्छ । भिटामिन ई, क्याल्सियम, आइरन, म्याग्नेसियम आदि पनि रहेको र यी तत्वहरु मोटोपना नियन्त्रणमा सहायकसिद्ध भइसकेका छन् । फर्सीः फर्सी स्वादमा अलि गुलियो हुन्छ । हरेक विहान एक गिलास फर्सीको जूस पनि पिउन सिफारिस गरिएको छ । यसमा हुने क्यारोटिनले मोटोपना नियन्त्रणमा निकै सहयोग पुग्ने बताइएको छ । काँक्रोः काँक्रोको सेवनले पेट भरिएको महसुस हुन्छ । यसबाट भोक नियन्त्रण हुन्छ । यसमा ९० प्रतिशत पानी रहेको हुन्छ । यसलाई भोजनपछि सलादको रुपमा खानु पर्दछ । सकेसम्म काँक्रोको बोक्रा नताछी खानुपर्दछ । काँक्रोको बोक्रामा फाइबर र पौष्टिक पदार्थ पर्याप्त पाइन्छ । करेलाः स्वादमा