Posts

Showing posts from April, 2018

रगतमा ट्राइग्लिसराइड उच्च हुनेलाई हृदयाघातको खतरा

Image
रगत जाँचका क्रममा धेरैको रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च देखाउने गर्छ । ट्राइग्लिसराइड उच्च हुँदा हामी तर्सने पनि गर्छौँ । हामीमध्ये कतिपयलाई भने ट्राइग्लिसराइडका विषयमा थाहा नहुनसक्छ । जब कि ट्राइग्लिसराइड रगतमा पाइने एक किसिमको बोसो (चिल्लो पदार्थ) हो । अर्थात् रगतमा बोसो देखिनु हो । यो समस्या सामान्य भए पनि धेरैलाई यसबारे जानकारी नहुन सक्छ ।  रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च भएमा टाइप-२ मधुमेहबाट ग्रसित तथा राम्रो कोलेस्ट्रोलको मात्रा कम हुने व्यक्तिमा मुटु सम्बन्धी समस्याका साथै हृदयाघात तथा स्ट्रोकको जोखिम बढी हुने गर्छ ।  यद्यपि रगतमा देखिने बोसोलाई कम गर्न धेरै उपाय अपनाउन जरुरी छ तर त्यसका लागि सर्वप्रथम हाई ट्राइग्लिसराइडबारे विस्तृतमा बुझ्नु आवश्यक छ । के हो त हाई ट्राइग्लिसराइड ? चिकित्सकहरूका अनुसार जब हामी खाना खान्छाँ , तब हाम्रो शरीरले क्यालोरीलाई इनर्जीमा बदल्छ । ट्राइग्लिसराइड सही अवस्थामा रहेमा शरीरमा यसको खासै जरुरत पर्दैन । ट्राइग्लिसराइड शरीरको वोसो तथा कोषिकामा संगृहीत भएर बसेको हुन्छ । खाना खान शरीरका लागि ऊर्जाको आवश्यकता पर्छ । उक्