Posts

Showing posts from September, 2013

केरा

Image
केरा सबैलाई मन पर्ने र निकै पौष्टिक फल हो । केराको नियमित भोजनले सरीरमा आवश्यक पर्ने विभिन्न खाले पौष्टिक तत्वको आपूर्ति गर्नुका साथै विभिन्न खाले रोगबाट बचाउन समेत मद्दत गर्छ । केरामा प्रसस्तै क्याल्सियम पाइन्छ । जो हड्डी तथा दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । केराको सेवनले पाचन शक्ति बढ्नुका साथै ग्यास्टि्रकजन्य समस्या समेत कम हुन्छ । केरामा घुलनशील फाइबर पेक्टिन समेत हुने भएकाले यसले पाचन क्रियामा सहयोग पूराउँछ । केरामा पोटासियम लवण पनि पर्याप्त मात्रामा पाइन्छ । यसले उच्च रक्तचाप, हृदयाघात तथा हाइपरटेन्सनको समस्यालाई कम गर्न सहयोग गर्छ । वजन कम भएर चिन्तामा पर्नुभएका छ ?  यदि त्यसो हो भने दैनिक दुइवटा कोसा केरा एक कप दुधमा मिलाएर खानुहोस् । यसले शरीरलाई चाहिने उर्जा प्रदान गर्छ । केरामा आइरन तत्व पनि हुने भएकाले रक्तअल्पताको जोखिम कम गर्छ । अल्सरबाट पीडित रोगीहरुका लागि समेत केराको सेवन फाइदाजनक हुन्छ । केरामा म्याग्नेसियम, भिटामिन ए, बी, सी तथा सोडियम लगायतका पौष्टिक तत्व पनि पाइने भएकाले

गाँजरका १० गुण

Image
खानामा सलादको रुपमा , अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । खासै महंगो नपर्ने , देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ । हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुनसक्छ । गाजर खानुको फाइदा वा महत्व नबुझेकै कारण हामीले यसको सेवनलाई नियमित नबनाएका पनि हुनसक्छौँ । आखिर गाजर कत्तिको हितकारी तरकारी हो त ? यसका फाइदा के के छन् ? एकछिन मन्थन गरौँ : १.आँखाको शक्ति बढाउँछ - गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ । २.क्यान्सरबाट बचाउँछ -   अध्ययन अनुसार गाजरको सेवनले कलेजो , स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । ३.बुढ्यौली रोक्छ -   यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले

धुलो-धुँवाले आँखाको समस्या बढ्दो

Image
गर्मी सुरु भएलगत्तै अस्पतालमा आँखासम्बन्धी समस्या लिएर आउने विरामीको संख्या बढेको छ । जाडोभन्दा गर्मी मौसम खाँखाको लागि प्रतिकूल रहेको चिकित्सकहरुको भनाई छ । गर्मीमा बढी मात्रामा आँखा पाक्ने (कन्जन्टेभाइटिस) , आँखा चिलाउने र सुखा हुने लगायतका समस्या देखिन्छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रका विभागीय प्रमुख डा. आनन्दकुमार शर्मा वायु प्रदूषण , अत्यधिक मात्रामा रहेको धुलोले राजधानीमा यसबर्ष गर्मी सुरु भएसँगै धेरै बिरामीको आँखा रातो देखिएको बताए । ‘ काठमाण्डौंमा भइरहेको सडक विस्तारले धुलोको मात्रा थपेको छ , धुवाँका कारण पनि प्रदूषण बढेको छ ,’ उनले भने , ‘ चैत-बैशाखमा सबैतिर सुखा हुने भएकाले यो याम आँखाका लागि सबैभन्दा जोखिम पूर्ण हुन्छ । ’ कन्जन्टेभाइटिस हुँदा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निने , विस्तारै आँसु बग्ने र चिप्रा लागेर परेलीको डिल सुन्निने डा. शर्माको भनाई रहेको नागरिक दैनिकमा खबर छ । कन्जेन्टेभाइटिस ब्याक्टेरिया र भाइरस दुबै कारणले हुन्छ । ब्याक्टेरियाका कारण बच्चामा कन्जन्टेभाइटिस बढी हुने गरेको छ । रोगबाट

मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा

Image
खानामा पौष्टिक तत्वको कमी , लामो समयसम्म नखाने वा पेटभर नखाने , खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन , तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ । मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ , जसमा हुने उच्च क्यालोरी , प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ । त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन : · बदाम · नरिवलको पानी · नौनी घिउ · ओखर · केरा · काजू · ब्राउन राइस · पेस्ता · आलु · सिमी · पनीर · अण्डा · साल्मन तथा झिँजे माछा , मासु · किसमिस · चिज यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।

लसुनको हरियो पात खानुका फाइदै फाइदा

Image
लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् । लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ । लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ । लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुटुका विभिन्न रोगबाट बचाउँछ । लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नि

Tips for good health: सास गन्हाउँछ ? त्यसोभए यसो गर्नुस्

Tips for good health: सास गन्हाउँछ ? त्यसोभए यसो गर्नुस्

स्याउका फाइदा

Image
स्याउलाई निकै हितकारी फल मानिन्छ । यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसले केवल रोगसँग लड्न मद्दत मात्र गर्दैन सरीर स्वस्थ राख्न वा रोगको रोकथामकै लागि सहयोग गर्छ । वैज्ञानिक अध्ययनले पनि के पुष्टि गरेको छ भने स्याउले मुटुरोग , क्यान्सर तथा मधुमेह सँगै विभिन्न खालका मस्तिष्क रोग जस्तै अल्जाइमर तथा पार्किन्सन्स जस्ता रोगबाट समेत बचाउन ठूलो सहयोग गर्छ । स्याउ रेशायुक्त फल हो । यसमा प्रसस्त फाइबर पाइन्छ । स्याउको नियमित सेवनले पाचन क्रियालाई समेत सन्तुलित र नियमित गर्न मद्धत गर्छ । साथै स्याउमा एन्टी अक्सिडेन्ट तत्व प्रचूर मात्रामा पाइन्छ जसले विभिन्न खालका रोगसँग प्रतिरोधी क्षमता बढाउने मात्र होइन छिटो बुढ्यौली लाग्ने रोग अर्थात् समस्यालाई समेत कम गर्ने बताइएको छ । स्याउका अन्य केही फाइदा यसप्रकार छन् : ·          स्याउमा प्रसस्त मात्रामा आइरन तत्व पाइन्छ । स्याउको नियमित सेवनले रक्तअल्पता हुनबाट बचाउँछ । ·          स्याउले क्यान्सरको खतरा कम गर्छ । स्याउमा हुने एक विशेष तत्व क्वरसिटिनले सरीरका कोषिकाहरुलाई नष्ट हुनबाट जोगाउँछ । ·          स्याउमा पाइने पेक्टिन तत्वले सरीरम