Posts

Showing posts from 2017

Advantages and Disadvantages of Basil (तुलसी)

तुलसीका फाइदाहरु Ø   हावामा अक्सिजनको मात्रा बढाउँछ ,   हावामा भएको केही ब्याक्टेरिया नष्ट गर्छ । Ø   तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ । Ø   कफ , सर्दी , ज्वरो , झाडापखाला , बान्ता लागेको अवस्थामा तुलसीको सेवनले फाइदा गर्छ । तुलसीले कुनै साइड इफेक्ट नगर्ने भएकाले पनि बच्चाहरूका लागि निकै उपयोगी । Ø   तुलसीको पत्ता उमालेर बनाएको पानी पिउनाले घाँटीलाई निकै फाइदा । Ø   दैनिक रूपमा खाली पेटमा तुलसीको रसको पानी मिसाएर पिउनाले मानिसको सम्झने क्षमतामा बृद्धि हुन्छ, पाचनप्रणालीलाई समेत निकै फाइदा । Ø   तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५ — १० मिलिलिटर) मा मह मिसाएर दिनको 2-3 पटक सेवन गर्दा सर्दी , खोकी रुघा निमोनिया , दम आदिमा प्रभावकारी । Ø   बच्चाको पेट साधारण दुख्दा , अजीर्ण , अरुची हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा । Ø   मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १ — ३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा फाइदा । Ø   विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइद

How healthy is eating Broiler Chicken?

Image
If you use to eat broiler chicken, you should know about the following things that how healthy is eating chicken. If the hens are healthy then eating chicken is good too, if not, it mayn't be benefited to take those chicken. Specially, if chicken use to grow rapidly by using various drugs, then it's difficult to say its better to eat those chicken. Here are some tips for that: For More Details... The immune system of broiler chicken is very low. So, producers use to apply several injections, antibiotics and other medicines to improve immune system. If we eat those chicken that means we are also swallowing those medicines at absolutely free. Broiler chickens are grown in same place as mass production. So, if anyone of those hen got infected from diseases it will promptly spread to others. According to a research, there is presence of high cholesterol in broiler chicken, which leads to threat of cancer. Used chemicals on broiler chicken for rapid growth does di

20 Best Health Tips

Image
1. Copy your kitty: Learn to do stretching exercises when you wake up. It boosts circulation and digestion,   and eases back pain. 2. Don’t skip breakfast. Studies show that eating a proper breakfast is one of the most positive things you can do if you are trying to lose weight. Breakfast skippers tend to gain weight. A balanced breakfast includes fresh fruit or fruit juice, a high-fibre breakfast cereal, low-fat milk or yoghurt, wholewheat toast, and a boiled egg. For more details... 3. Brush up on hygiene. Many people don't know how to brush their teeth properly. Improper brushing can cause as much damage to the teeth and gums as not brushing at all. Lots of people don’t brush for long enough, don’t floss and don’t see a dentist regularly. Hold your toothbrush in the same way that would hold a pencil, and brush for at least two minutes. This includes brushing the teeth, the junction of the teeth and gums, the tongue and the roof of the mouth. And you don

कसरी बन्ने सफल ? यस्ता छन् सुत्र

Image
हामी चाहन्छौं, सफल बनौं । आफुले गरिरहेको काममा धेरै भन्दा धेरै नतिजा प्राप्त होस् । आफुले खोजेजस्तै र चाहेजस्तै परिणाम हासिल होस् । सफलताको उच्चतम विन्दुमा पुग्न सकौं । तर, कसरी ? हामी अनेक यत्न गर्छौ । अनेक बाटो समात्छौं । तैपनि सफलता पाइरहेका हुँदैनौ । यसको पछाडि अरु कारणले ठूलो अर्थ राख्दैन । बरु, हाम्रो आफ्नै बानी, व्यवहारले हामीलाई सफल हुनबाट अवरोध गरिरहेको हुनसक्छ । किनभने सफलताका लागि हामी स्वंम बदलिनुपर्छ । कतिपयसँग यस्ता साझा बानी हुन्छन्, जसले उनीहरुलाई सफलताको उचाईमा पुर्‍याउँछ । के हुन् त ति बानी ? १. प्रोएक्टिभ बनौं यसको अर्थ हो, आफ्नो जीवनका लागि स्वंमलाई जिम्मेवार बनाउनु । आफ्नो उत्तरदायित्व वहन गर्नुपर्छ । यसका लागि तपाईले आफ्नो वंशानुगत गुण, परिस्थिती, परिवेशमा निर्भर रहनु पर्दैन र दोष दिन  पनि आवश्यक छैन । प्रोएक्टिभ व्यक्ति आफ्नो समय, शक्ति र बुद्धि त्यही कुरामा खर्च गर्छन्, जसलाई उसले नियन्त्रण गर्न सक्छ । हामीसँग जतिपनि समस्या, चुनौती र अवसर हुन्छ, त्यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । २. अन्त्यलाई ध्यानमा राखेर सुरुवात कुनैपनि काम गर्दा

गर्मीमा किन कम भोक लाग्छ ?

Image
गर्मी बढने क्रममा छ । बढ्दो गर्मीकै कारण हामीमध्ये धेरैलाई भोक कम लाग्छ । तपाईंहरुलाई थाहा छ किन यस्तो हुन्छ ? किन गर्मीमा हामीलाई खान मन लाग्दैन ? चिकित्सकका अनुसार हाम्रो मस्तिष्कमा रहेको हाइपोथैलेमस नामक ग्रन्थीद्धारा हाम्रो भोक नियन्त्रित हुन्छ । यो ग्रन्थी मस्तष्कको एउटा भागमा रहेको हुन्छ । जुन हाम्रो शरीरका विभिन्न अंगहरुसित प्रत्यक्ष सम्बन्ध राख्दछ । त्यसैले हाईपाथैलेमस नामक यस ग्रन्थीले भोक, प्यास बाहेक शरीरको तापक्रम, भावनात्मक सम्बन्ध, थकान निद्रा लगायतलाई पनि नियन्त्रण गर्ने गर्दछ । त्यतिमात्र हैनन, यसले तृप्ती जस्ता कुरालाई पनि नियन्त्रित गर्दछ । जसले गर्दा तपाईको पेट भरिएको छ कि छैन भन्ने कुरा थाहा हुन्छ । त्यसैले त हाइपोथैलेमसले भोक लागेको पत्ता लगाई, तृप्तीलाई बढाएर तथा भोकलाई नियन्त्रित गरी भोक हर्मोन घि्रलिन (पेट तथा हाइपोथैलेमसद्धारा उत्पादित)को साथ काम गर्दछ । तापमान बढ्दा यसले कसरी काम गर्छ ? मानव शरीरले आवश्यकता अनुसार वातानुकुल अवस्थामा आफूलाई ढाल्न सक्दछ । परिणाम स्वरुप अत्याधिक गर्मीमा बढ्दो तापमानका कारण शरीरमा पानीको मात्रा कम हुन्छ । यसको मुख्

बच्चालाई कसरी ताजा र पोषिलो खानेकुरामा बानी पार्ने ?

Image
धेरै आमा चिन्तामा हुन्छन्, बच्चाले राम्ररी खाना नखाएकोमा । सानो बच्चालाई शारीरिक तथा मानसिक विकासको लागि सन्तुलित खानपानको आवश्यक्ता हुन्छ । तर, बच्चाले खान मान्दैनन् । अझ सागपातमा उनीहरुलाई अभ्यस्त गराउन गाह्रो हुन्छ । उनीहरुको शरीरलाई आवश्यक सबै पोषक तत्व प्राप्त हुने खानेकुरा खाँदैनन् । बरु, अस्वस्थ्यकर खानेकुरामा उनीहरु लोभिन्छन् । चकलेट, मीठाई, जंकफूडमै बढी जोड दिन्छन् । तर, ताजा फलफूल, सब्जी, दही, दुध रुचाउँदैनन् । बच्चालाई त्यही उमेरदेखि स्वस्थ्यवद्धृक खानेकुरामा अभ्यस्त गराउनुपर्छ, जतिबेला उनीहरुको जिब्रोमा अन्य खानेकुराको स्वाद भिजेको हुँदैन । बच्चाले खाने जाउलोमा सागपात मिसाउने, फलफूलको जुस बनाएर ख्वाउने गर्नुपर्छ । बच्चाको खानामा सब्जी, फल, दाल, सलाद समावेश गर्नुपर्छ । सानैदेखि उनीहरुलाई चिल्लो, तारेको, मसलेदार खाना बानी पार्नु हुँदैन । खानेकुरा राम्ररी सजाएर सर्भ गर्नुपर्छ, यसले पनि उनीहरुलाई लोभ्याउँछ । बच्चालाई खाना ख्वाउनका लागि प्रोत्साहित गर्नुपर्छ, जबरजस्ती गर्ने होइन । यदि बुझ्ने अवस्थाका बच्चा छन् भने उनीहरुलाई भान्सामा लगेर खानेकुरा पकाउने काममा सहभागी

तपाईको बच्चा किन स्कुल जान मान्दैन ? कारण गंभिर हुनसक्छ

Image
नयाँ शैक्षिक सुरु भएको छ । यतिबेला कतिपय अभिभावकको निम्ति टाउको दुखाईको बिषय बनेको छ, बच्चालाई कसरी स्कुल पठाउने ?  किनभने धेरै बच्चा स्कुल जान आनाकानी गर्छन् । स्कुल जाने कुराले खिन्न हुन्छन् । मुड खराब हुन्छ । त्यसैले अनेक बाहाना बनाएर स्कुल नजाने जिद्दी गर्छन् । कतिले टाउको दुख्यो भन्छन्, कतिले पेट दुख्यो भन्छन्, कति युनिर्फम, झोला, किताबको निहुँ बनाएर पनि स्कुल जान अनिच्छा देखाउँछन् । बच्चालाई पिटेर, डर देखाएर हुँदैन हामीले देखेका छौं, यस्तो अवस्थामा धेरै अभिभावक बच्चालाई फकाएर, गाली गरेर, पिटेर, डर देखाएर, लोभ देखाएर स्कुल पठाउने चेष्टा गर्छन् । तर, बच्चालाई किन स्कुलप्रति वितृष्णा जागेको छ ? किन स्कुलको कुरा मन पर्दैन ? जान्न खोज्दैनन् । अभिभावकको यहिं भूलले एउटा बच्चा मनोरोगको सिकार हुनसक्छन्, आत्माग्लानीले ग्रसित हुनसक्छन्, हीनताबोधले कमजोर हुनसक्छन् । स्कुलमा बच्चाले कस्तो व्यवहार झेलिरहेका छन् ? त्यही उत्साह, उमंग र जिज्ञासासाथ बच्चाहरु स्कुल जानुपर्ने हो, जति चिडियाखाना जान पाउँदा हुन्छ । फन पार्क जान पाउँदा हुन्छ । तर, जहाँ बच्चाहरु केहि क

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

Image
कहिले कहिं हामी काम फत्ते गर्ने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ । कहिले व्यस्तताको कारण त कहिले अल्छीले पिसाब रोकेर बसिन्छ । तर, यो बानी अन्ततः हाम्रो लागि एकदमै हानिकारक साबित हुन्छ । तत्कालै यसको असर नदेखिने भएकाले हामी पिसाब रोकेर बस्छौ, तर यसले दीर्घकालिन रुपमा भयावह रोग निम्त्याउँछ ।   मृगौलामा पत्थरी पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौ भने उक्त टक्सिन मृगौलामा पुग्छ  र पत्थरीको समस्या पैदा हुन्छ । मुत्रनलीमा संक्रमण लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लडरमा व्याक्टोरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मुत्रनलीमा संक्रमण नित्याउँछ । मुत्रथैली सुन्निनु पिसाब रोकेर राख्नाले मुत्रथैलीमा त्यसले असर गर्छ । मुत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ । मृगौलामा गंभिर असर पिसाब रोक्दा तयसको दबाव मृगौलामा पर्छ । यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ । पिसाबको रंग बदलिने लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्घन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो । मांशपेशी कमजोर