पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

कहिले कहिं हामी काम फत्ते गर्ने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ । कहिले व्यस्तताको कारण त कहिले अल्छीले पिसाब रोकेर बसिन्छ । तर, यो बानी अन्ततः हाम्रो लागि एकदमै हानिकारक साबित हुन्छ ।
तत्कालै यसको असर नदेखिने भएकाले हामी पिसाब रोकेर बस्छौ, तर यसले दीर्घकालिन रुपमा भयावह रोग निम्त्याउँछ ।
 

मृगौलामा पत्थरी
पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौ भने उक्त टक्सिन मृगौलामा पुग्छ  र पत्थरीको समस्या पैदा हुन्छ ।
मुत्रनलीमा संक्रमण
लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लडरमा व्याक्टोरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मुत्रनलीमा संक्रमण नित्याउँछ ।
मुत्रथैली सुन्निनु
पिसाब रोकेर राख्नाले मुत्रथैलीमा त्यसले असर गर्छ । मुत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ ।
मृगौलामा गंभिर असर
पिसाब रोक्दा तयसको दबाव मृगौलामा पर्छ । यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ ।
पिसाबको रंग बदलिने
लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्घन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो ।
मांशपेशी कमजोर हुन्छ
पिसाब रोक्नाले मुत्रथैली फुलिन्छ । यसले गर्दा मुत्रथैलीको छाला कमजोर हुन्छ । साथै दुखाई पनि सुरु हुन्छ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

कति छ तपाईंमा आत्मविश्वास ?

How healthy is eating Broiler Chicken?