कति छ तपाईंमा आत्मविश्वास ?

जीवन संघर्ष हो । संघर्षको अवस्थाले नै हामीभित्र लुकेको आत्मविश्वासलाई जगाउँछ । केहीले यसलाई पहिचान गरी बाधा-व्यवधानलाई पार गरी अगाडि बढ्छन् भने केही मानिस त्यही अलमलमा फस्छन् । अगाडि त बढ्ने तर कसरी । कठिन समयमा आत्मविश्वासलाई पहिचान गर्ने व्यक्तिले नै सही अर्थमा जीवन जिउँछ ।
समाजमा त्यस्ता थुप्रै व्यक्ति छन् जोसँग योग्यता एवं कार्यकौशल त छ तर उनीहरू असफल छन् । यस्ता व्यक्ति मनबाट मजबूत भएर पनि कठिन परिस्थितिमा कमजोर हुन पुग्छन् । त्यही जीवनमा विषम परिस्थितिहरूबाट पार लाग्ने उत्साहले नै व्यक्तिलाई उसको लक्ष्यसम्म उभ्याउँछ । तपाई आफ्नो खुबीहरूबाट राम्ररी परिचित हुनुहुन्छ र आत्मविश्वासका साथ अघि बढ्ने पनि सोच्नुहुन्छ र कठिन समयमा त्यो विश्वासका साथ कसरी अगाडि बढ्ने भन्ने पनि सोच्नुहुन्छ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढ्न भने सक्नुहुन्न भने तपाईंले आफ्नो कन्पिmडेन्स लेवल जाँच गर्नु आवश्यक छ । केकस्ता कुराले निर्धारण गर्छ त कन्पिmडेन्स लेभल ? हेरौँ,


संकोच 

तपाईं आफ्नो काममा निपुण हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्नो सहकर्मीहरूसँग कुराकानी गर्न संकोच मान्नुहुन्छ । कसैसित घुलमिल हुनबाट डराउनुहुन्छ र मद्दतपूर्व धेरे सोच्नुहुन्छ भने तपाईमा आत्मविश्वासको कमी छ भन्ने बुझिन्छ । संकोची बानीले आत्मविश्वासलाई धेरै हदसम्म कम गर्छ । सफलता प्राप्त गर्नका लागि आफ्नो काममा निपुण हुनु जति आवश्यक छ, त्यति नै अवाश्यक  अरूको साथमा राम्ररी तालमेल बसाउनु संकोची व्यक्तिका बारेमा प्रायः सबैले नकारात्मक सोच्छन् र उसबाट दूरी बनाउँछन्, जब कि आत्मविश्वास कायम राख्नका लागि सहयोगी आवश्यक छ ।
स्वयंका लागि समय
तपाईको सहकर्मी वा घरका अन्य सदस्य हरेक काम तपाईलाई दिएर निश्चिन्त हुन्छन् र तपाई केही नभनी चुपचाप ती काम पूरा गर्न अग्रसर हुनुहुन्छ भने तपाई आफ्ना लागि स्टयाण्ड लिन जानुहुन्न भन्ने बुझिन्छ । यस्तो स्वभावले आत्मविश्वास कम गराउँछ । अरूको मद्दत गर्नु राम्रो हो तर स्वयंलाई नै नोक्सान पुर्‍याउनु वा आफ्ना लागि आवाज नउठाउनु पनि एक प्रकारको अवगुण नै हो । तसर्थ यस्तो बानीबाट छुटकारा प्राप्त गर्नु अत्यावश्यक छ । जबसम्म नाइँ भन्ने कला सिकिँदैन तबसम्म आत्मविश्वास छ भन्ने कुरा मान्न सकिँदैन ।
निडरता
आत्मविश्वासका लागि निर्भयता वा निडरता आवश्यक पर्छ । तपाई सबैसित राम्ररी प्रस्तुत पनि हुनुहुन्छ र सबै काम राम्ररी गर्न पनि जान्नुहुन्छ तर जब कुनै काम एक्लैले गर्नुपर्ने हुन्छ, त्यतिबेला अघि बढ्न डराउनुहुन्छ भने आत्मविश्वासको कमी हो भन्ने बुझ्नुपर्छ । प्रत्येक कुरामा अरूको मद्दत चाहनु वा हरेक काम सोधेर अथवा मार्गदर्शन प्राप्त भएपछि मात्र गर्ने बानी आत्मविश्वास कम छ भन्ने कुराको प्रमाण हो । यस्तो बानीले अवगुण वृद्धि गराउँछ । यस्तो बानी भएका व्यक्तिलाई हरेकले संशयको दृष्टिले हेर्छन्, पूर्ण विश्वास गर्न सक्दैनन् जब कि जीवनमा अघि बढ्न स्वयंलाई प्रमाणित गर्नुपर्ने आवश्यकता हुन्छ । तसर्थ अतः आफूलाई प्रमाणित गर्न तथा प्राप्त अवसर नगुमाउन पनि निडरता आवश्यक पर्छ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

How healthy is eating Broiler Chicken?