बच्चाको IQ Level बढाउने यस्ता छन्, सरल उपाय

हरेक आमाबाबुको चाहना हुन्छ, उनीहरुको बच्चा बुद्धिमान होस् । र, हरेक क्षेत्रमा सफल होस् । यसको लागि प्रत्येक आमाबाबुले बच्चालाई राम्रो स्कुलमा पढाउनुका साथै उनीहरुको खानपानमा विशेष ध्यान दिने गर्छन् । उनीलाई सोच्ने गर्छन्, बच्चाहरुको आईक्यू लेभल जति राम्रो हुन्छ, उनीहरु जीवनमा पनि त्यति नै धेरै सफल हुने गर्छन् ।



तर नचाहँदा नचाहँदै पनि कतिपय बालबालिका सोचे अनुरुप बुद्धिमान हुँदैनन् ।
कतिपय कुरा उनीहरुको जीन्समा भरपर्छ भने कतिपय उनीहरु कस्तो परिवेशमा बस्छन्, त्यसमा पनि निर्भर गर्छ । कतिपय अध्ययनले कतिसम्म भनेका छन् भने केही कुरामा ध्यान दिएर पनि बच्चाहरुको आईक्यू बाउन सकिन्छ । जुन यस प्रकार छ :
सानैदेखि प्रयास गर्ने 
मानिसको मस्तिकको झण्डै ९० प्रतिशत भाग जन्मेदेखि चार वर्षको उमेर नपुग्दासम्मै विकास हुने गर्छ । जबकी बाँकीको दश प्रतिशत भागमात्र चार वर्ष पछाडी विकास हुने गर्छ । त्यसैले बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने सुरु देखि नै प्रयास गर्नुपर्छ । यसको लागि बच्चाले बोल्न नजाने पनि उनीहरुसित धेरै भन्दा धेरै कुरा गर्नु पर्छ । कुरा गर्दा जहिले पनि उनीहरुको आखामा हेर्ने र उनीहरुलाई पनि आˆनो आखामा हेरेर कुरा गर्न सिकाउनु पर्छ ।
जब बच्चा एक वर्षको हुन्छ, तब उसलाई वरिपरिका चीजबारे जानकारी दिनुका साथै उसले सोधेका हरेक प्रश्नको सही जवाफ दिनुपर्छ । त्यतिमात्र हैन, बच्चालाई भूत, जनावर वा अन्य कुनै रहस्यमयी व्यक्तिको नाम लिएर तर्साउनु भन्दा त्यस पछाडीको सत्यताबारे अवगत गराउनु पर्छ । बच्चालाई मायाको साथमा सम्मान दिन जरुरी छ । यसको लागि बच्चाको अगाडी कुरा गर्दा अपशब्दको प्रयोग गर्नु हुँदैन । साथै, बच्चालाई प्रकृतिसित परिचित गराउनुका साथै प्राकृतिको नियम र त्यसको महत्वबारे पनि बुझाउनु पर्छ ।
कुरा गर्नाले बढ्न आईक्यु लेभल
बच्चाको दिमाग कति छिटो र कति तेज चल्छ भन्ने कुराले उसको आईक्यू लेभलले निर्धारण गर्छ । जब हामी बच्चासित कुरा गर्छौ, उक्त कुराले बच्चाको दिमागमा गहिरो प्रभाव पार्दछ । अझ नयाँ नयाँ कुरा हेर्ने तथा त्यसलाई जान्ने प्रयासले मस्तिष्कको अलग अलग सेल एक्टिभेट हुने गर्दछ । त्यसैले, यदी बच्चालाई सानै बेला देखि नयाँ नयाँ कुराबारे सिकाउने गरेमा उनीहरुको दिमागको सेल सानै देखि एक्टिभेट हुने गर्दछ, जसका कारण उनीहरुको आईक्यू लेभल सानै देखि बढने गर्छ ।
खानपानले समेत गर्छ असर
मानव मस्तिष्कमा खानपानले गहिरो प्रभाव पार्दछ । त्यसैले, चिकित्सकहरु पनि खानपानमा पौष्टिक आहार लिने सल्लाह दिने गर्दछन् । पौष्टिक आहारको सेवनले दिमागलाई पोषकतत्व प्रदान हुन्छ, जसले मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न मद्दत गर्छ । यसको लागि बच्चा छ महिनाको भएपछि उनीहरुलाई दालको पानी ख्वाउने सुझाव गरिन्छ । दालको पानीमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । त्यसका साथै बच्चालाई हरियो सागसब्जी, टमाटर, लौका, माछा ख्वाउनु पर्छ । किनकी माछामा पाइने ओमेगाा ३ ले दिमागी विकास राम्ररी गराउँछ । यसले बच्चाको आईक्यु लेभल बढाउन मद्दत गर्छ ।

Comments

Popular posts from this blog

20 Best Health Tips

कति छ तपाईंमा आत्मविश्वास ?

How healthy is eating Broiler Chicken?