Posts

Showing posts from November, 2013

गर्भावस्थामा के के खाने ?

गर्भावस्थामा महिलालाई पर्याप्त स्याहार, आराम, व्यायाम तथा पौष्टिक खाद्यपदार्थको आवश्यकता पर्दछ । यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने भन्ने कुराले ठूलो महत्व राख्छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ । महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् : पालुंगोको साग – पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थ रुपमा हुर्किन्छ । बदाम- बदाममा प्रोटिन, भिटामिन इ तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । कुखुराको मासु-कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ । भिण्डी-यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ । सुन्तला-यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ । ब्रोकाउली-ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ । अण्डा-अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ । माछा-माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी ए