गर्भावस्थामा के के खाने ?

गर्भावस्थामा महिलालाई पर्याप्त स्याहार, आराम, व्यायाम तथा पौष्टिक खाद्यपदार्थको आवश्यकता पर्दछ । यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने भन्ने कुराले ठूलो महत्व राख्छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ ।

महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् :
  • पालुंगोको साग – पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थ रुपमा हुर्किन्छ ।
  • बदाम- बदाममा प्रोटिन, भिटामिन इ तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ ।
  • कुखुराको मासु-कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ ।
  • भिण्डी-यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।
  • सुन्तला-यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ ।
  • ब्रोकाउली-ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ ।
  • अण्डा-अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ ।
  • माछा-माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी एसिड तथा भिटामिन डी पाइन्छ ।
  • दही-दही पनि गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।
(स्रोत: www.onlinekhabar.com)

Comments

Popular posts from this blog

20 Best Health Tips

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

कति छ तपाईंमा आत्मविश्वास ?