सास गन्हाउँछ ? त्यसोभए यसो गर्नुस्
मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् । प्रसस्त पानी पिउनु , नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ । तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ । यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् । ती हुन् : 1. सुकमेल : भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् । तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ । 2. धनियाको पात : भ...