Posts

केरा

Image
केरा सबैलाई मन पर्ने र निकै पौष्टिक फल हो । केराको नियमित भोजनले सरीरमा आवश्यक पर्ने विभिन्न खाले पौष्टिक तत्वको आपूर्ति गर्नुका साथै विभिन्न खाले रोगबाट बचाउन समेत मद्दत गर्छ । केरामा प्रसस्तै क्याल्सियम पाइन्छ । जो हड्डी तथा दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । केराको सेवनले पाचन शक्ति बढ्नुका साथै ग्यास्टि्रकजन्य समस्या समेत कम हुन्छ । केरामा घुलनशील फाइबर पेक्टिन समेत हुने भएकाले यसले पाचन क्रियामा सहयोग पूराउँछ । केरामा पोटासियम लवण पनि पर्याप्त मात्रामा पाइन्छ । यसले उच्च रक्तचाप, हृदयाघात तथा हाइपरटेन्सनको समस्यालाई कम गर्न सहयोग गर्छ । वजन कम भएर चिन्तामा पर्नुभएका छ ?  यदि त्यसो हो भने दैनिक दुइवटा कोसा केरा एक कप दुधमा मिलाएर खानुहोस् । यसले शरीरलाई चाहिने उर्जा प्रदान गर्छ । केरामा आइरन तत्व पनि हुने भएकाले रक्तअल्पताको जोखिम कम गर्छ । अल्सरबाट पीडित रोगीहरुका लागि समेत केराको सेवन फाइदाजनक हुन्छ । केरामा म्याग्नेसियम, भिटामिन ए, बी, सी तथा सोडियम लगायतका पौष्टिक तत्व पनि पाइने भएक...

गाँजरका १० गुण

Image
खानामा सलादको रुपमा , अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । खासै महंगो नपर्ने , देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ । हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुनसक्छ । गाजर खानुको फाइदा वा महत्व नबुझेकै कारण हामीले यसको सेवनलाई नियमित नबनाएका पनि हुनसक्छौँ । आखिर गाजर कत्तिको हितकारी तरकारी हो त ? यसका फाइदा के के छन् ? एकछिन मन्थन गरौँ : १.आँखाको शक्ति बढाउँछ - गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ । २.क्यान्सरबाट बचाउँछ -   अध्ययन अनुसार गाजरको सेवनले कलेजो , स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । ३.बुढ्यौली रोक्छ -   यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाज...

धुलो-धुँवाले आँखाको समस्या बढ्दो

Image
गर्मी सुरु भएलगत्तै अस्पतालमा आँखासम्बन्धी समस्या लिएर आउने विरामीको संख्या बढेको छ । जाडोभन्दा गर्मी मौसम खाँखाको लागि प्रतिकूल रहेको चिकित्सकहरुको भनाई छ । गर्मीमा बढी मात्रामा आँखा पाक्ने (कन्जन्टेभाइटिस) , आँखा चिलाउने र सुखा हुने लगायतका समस्या देखिन्छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रका विभागीय प्रमुख डा. आनन्दकुमार शर्मा वायु प्रदूषण , अत्यधिक मात्रामा रहेको धुलोले राजधानीमा यसबर्ष गर्मी सुरु भएसँगै धेरै बिरामीको आँखा रातो देखिएको बताए । ‘ काठमाण्डौंमा भइरहेको सडक विस्तारले धुलोको मात्रा थपेको छ , धुवाँका कारण पनि प्रदूषण बढेको छ ,’ उनले भने , ‘ चैत-बैशाखमा सबैतिर सुखा हुने भएकाले यो याम आँखाका लागि सबैभन्दा जोखिम पूर्ण हुन्छ । ’ कन्जन्टेभाइटिस हुँदा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निने , विस्तारै आँसु बग्ने र चिप्रा लागेर परेलीको डिल सुन्निने डा. शर्माको भनाई रहेको नागरिक दैनिकमा खबर छ । कन्जेन्टेभाइटिस ब्याक्टेरिया र भाइरस दुबै कारणले हुन्छ । ब्याक्टेरियाका कारण बच्चामा कन्जन्टेभाइटिस बढी हुने गरेको छ । रोगबाट ...