Posts

हड्डी मजबुत बनाउने खानेकुराहरु

क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । क्याल्सियमले हड्डी तथा दाँतलाई मजबुत बनाउँछ भने भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा सघाउ पूराउँछ । हड्डीको रोग ओस्टीयोपोरोसिसको मुख्य कारण भिटामिन डी को कमी नै हो । त्यसैले हड्डीलाई स्वस्थ र मजबुत बनाउन हाम्रो खानामा भिटामीन डी र क्याल्सियम प्रसस्त पाइने खानाहरु अनिवार्य रुपमा समावेश हुनुपर्छ । हड्डी मजबुत बनाउन खानैपर्ने केही खानेकुरा यी हुन् : दुध - दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, मही तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ । केरा - हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले सरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र सरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ । हरियो सागपात - हरियो सागपात तथा कोसे तरकारीहरुमा...

पानी पिउनुका फाइदै फाइदा

पानी जिवनको आधार हो । पानी विना कुनैपनि जिवको अस्तित्व सम्भव छैन । हाम्रो सरीरको अधिकांस हिस्सा पानीले नै ओगटेको हुन्छ । एक वयस्क पुरुषको सरीरको कुल तौलको झण्डै ६५ प्रतिशत हिस्सा पानी भने महिलाको सरीरको तौलको ५२ प्रतिशत । दुब्लो पातलो मानिसको सरीरमा मोटो मानिसमा भन्दा पानीको मात्रा बढि हुन्छ । यसको मुख्य कारण के हो भने बोसोको तुलनामा मांशपेशीमा पानी संचय गर्ने क्षमता बढि हुन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने मोटोपनाबाट ग्रसित मानिसको सरीरमा पानीको हाहाकार हुने हुनाले विभिन्न खाले रक्तविकार तथा अन्य रोगको जोखिम बढ्छ । दिनभर स्वास प्रस्वासमा झण्डै २-३ कप पानी खर्च हुन्छ । पसिना तथा पिसाबको रुपमा निस्कने पानीले सरीरमा रहेका हानिकारक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । सरीरमा १० प्रतिशत तरल पदार्थ कम हुने हो भने पनि डिहाइड्रेसनको खतरा उत्पन्न हुन्छ । त्यसैले मृगौलाको स्वास्थ्यका लागि समेत पानी पिइरहनु पर्दछ । सरीरमा पानी कम हुनाले टाउको दुख्ने, मांशपेशीमा कमजोरी उत्पन्न हुने, थकान, स्मरण शक्तिमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् । पर्याप्त पानी पिउनाले सरीरको छाला चम्किलो हुने, ...

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ । शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुपि्रएर बस्दछ र रगतमा प्रसार हुन्छ । मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् । किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ । क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ । अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट डि्रँकको सेवन घटाउनु पर्दछ ।...