Posts

गर्भावस्थामा के के खाने ?

गर्भावस्थामा महिलालाई पर्याप्त स्याहार, आराम, व्यायाम तथा पौष्टिक खाद्यपदार्थको आवश्यकता पर्दछ । यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने भन्ने कुराले ठूलो महत्व राख्छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ । महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् : पालुंगोको साग – पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थ रुपमा हुर्किन्छ । बदाम- बदाममा प्रोटिन, भिटामिन इ तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । कुखुराको मासु-कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ । भिण्डी-यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ । सुन्तला-यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ । ब्रोकाउली-ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ । अण्डा-अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ । माछा-माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी ए...

केरा

Image
केरा सबैलाई मन पर्ने र निकै पौष्टिक फल हो । केराको नियमित भोजनले सरीरमा आवश्यक पर्ने विभिन्न खाले पौष्टिक तत्वको आपूर्ति गर्नुका साथै विभिन्न खाले रोगबाट बचाउन समेत मद्दत गर्छ । केरामा प्रसस्तै क्याल्सियम पाइन्छ । जो हड्डी तथा दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । केराको सेवनले पाचन शक्ति बढ्नुका साथै ग्यास्टि्रकजन्य समस्या समेत कम हुन्छ । केरामा घुलनशील फाइबर पेक्टिन समेत हुने भएकाले यसले पाचन क्रियामा सहयोग पूराउँछ । केरामा पोटासियम लवण पनि पर्याप्त मात्रामा पाइन्छ । यसले उच्च रक्तचाप, हृदयाघात तथा हाइपरटेन्सनको समस्यालाई कम गर्न सहयोग गर्छ । वजन कम भएर चिन्तामा पर्नुभएका छ ?  यदि त्यसो हो भने दैनिक दुइवटा कोसा केरा एक कप दुधमा मिलाएर खानुहोस् । यसले शरीरलाई चाहिने उर्जा प्रदान गर्छ । केरामा आइरन तत्व पनि हुने भएकाले रक्तअल्पताको जोखिम कम गर्छ । अल्सरबाट पीडित रोगीहरुका लागि समेत केराको सेवन फाइदाजनक हुन्छ । केरामा म्याग्नेसियम, भिटामिन ए, बी, सी तथा सोडियम लगायतका पौष्टिक तत्व पनि पाइने भएक...

गाँजरका १० गुण

Image
खानामा सलादको रुपमा , अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । खासै महंगो नपर्ने , देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ । हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुनसक्छ । गाजर खानुको फाइदा वा महत्व नबुझेकै कारण हामीले यसको सेवनलाई नियमित नबनाएका पनि हुनसक्छौँ । आखिर गाजर कत्तिको हितकारी तरकारी हो त ? यसका फाइदा के के छन् ? एकछिन मन्थन गरौँ : १.आँखाको शक्ति बढाउँछ - गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ । २.क्यान्सरबाट बचाउँछ -   अध्ययन अनुसार गाजरको सेवनले कलेजो , स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । ३.बुढ्यौली रोक्छ -   यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाज...