Posts

पिसाब रोक्नुहुन्छ ? त्यसो नगर्नुस्, गम्भिर समस्या हुनसक्छ

Image
कहिले कहिं हामी काम फत्ते गर्ने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ । कहिले व्यस्तताको कारण त कहिले अल्छीले पिसाब रोकेर बसिन्छ । तर, यो बानी अन्ततः हाम्रो लागि एकदमै हानिकारक साबित हुन्छ । तत्कालै यसको असर नदेखिने भएकाले हामी पिसाब रोकेर बस्छौ, तर यसले दीर्घकालिन रुपमा भयावह रोग निम्त्याउँछ ।   मृगौलामा पत्थरी पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौ भने उक्त टक्सिन मृगौलामा पुग्छ  र पत्थरीको समस्या पैदा हुन्छ । मुत्रनलीमा संक्रमण लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लडरमा व्याक्टोरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मुत्रनलीमा संक्रमण नित्याउँछ । मुत्रथैली सुन्निनु पिसाब रोकेर राख्नाले मुत्रथैलीमा त्यसले असर गर्छ । मुत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ । मृगौलामा गंभिर असर पिसाब रोक्दा तयसको दबाव मृगौलामा पर्छ । यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ । पिसाबको रंग बदलिने लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्घन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो । मांशप...

दिमाग तिखार्ने खानेकुराहरु

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ । १. गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । २. ओखर - जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ । ३. स्ट्रबरी - यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ । ४. दही - दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । ...

बोसो घटाउने खानेकुराहरु

हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर गि्रन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । उल्लेखित पदार्थहरु सरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसमा पानी संतृप्त चिल्लो पदार्थ सरीरले छिटै दोहन गर्दछ । ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मीठो मात्र होइन स्वास्थ्यका लागि लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउने काम गर्छ । गि्रन टी सरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ । कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको विषाक्त पदार्थ निस्कासनका साथै सरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले सरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ । सरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात...